अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामबहादुर चौहानले स्वदेशमै रोजगारी सिर्जना गर्नु नै आफ्नो चुनावी अभियानको मुख्य एजेन्डा भएको बताएका छन्।
मतदाता भेटघाटका क्रममा उम्मेदवार चौहानले बेरोजगारी र आर्थिक अभावका कारण जिल्लाका दाजुभाइ तथा दिदीबहिनीहरू विदेशी भूमिमा दुःख, पीडा र जोखिमपूर्ण काम गर्न बाध्य हुनुपरेको यथार्थ आफूले नजिकबाट बुझेको बताए। देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सके मात्र युवाको विदेश पलायन रोक्न सकिने उनको भनाइ छ।
उनले आर्थिक विकास, रोजगारी र सुशासनलाई आफ्नो चुनावी प्रतिबद्धताको मूल आधार बनाएको उल्लेख गर्दै जनताको जीवनस्तर सुधार्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
“रामबहादुर चौहान असल र सक्षम व्यक्ति भए पनि पार्टी कमजोर छ” भन्ने केही धारणा प्रति नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीले आपत्ति जनाएको प्रष्ट पारे ।
कम्युनिस्ट बृहत् एकताको अभियानअन्तर्गत विभिन्न घटक एक ठाउँमा जोडिँदा पार्टी अझ सशक्त बनेको छ र बाँकी शक्तिलाई समेत एकताबद्ध गर्ने प्रयास जारी छ। पार्टीले अर्घाखाँची जिल्ला २०६४, २०७० र २०७४ सालमा कम्युनिस्ट शक्तिले लगातार जितेको जिल्ला भएको उल्लेख गर्दै ती अवधिमा भएको विकास जिल्लाबासीलाई अवगत रहेको बताए ।
उम्मेदवार चौहानलाई राजनीतिमा खारिएको कम्युनिस्ट योद्धा, कुशल शिक्षक तथा पत्रकारका रूपमा चित्रण गर्दै पार्टीले बौद्धिक वर्ग र मतदातासमक्ष नेकपा अर्घाखाँचीले अपिल गरेको छ ।

