काठमाण्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान ले आइतबारदेखि देशभर अनिश्चितकालीन नेपाल बन्द गर्ने घोषणा गरेको छ। महाअभियानले विज्ञप्ति जारी गर्दै २७ बुँदे माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताएको छ।
विज्ञप्ति लेखिए अनुसार उद्योगधन्दा, कलकारखाना, बैंक तथा वित्तीय संस्था, व्यापार, शैक्षिक प्रतिष्ठान र यातायात पूर्ण रूपमा बन्द गराउने योजना छ। महाअभियानले यसलाई निर्णायक नागरिक आन्दोलनका रूपमा व्याख्या गर्दै सबै संघ–संस्था र प्रतिष्ठानलाई साथ दिन आग्रह गरेको छ।
संगठन सचिव प्रमादीम लिम्बु र केन्द्रिय प्रवक्ता माधव कल्पितले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत महाअभियानले बन्द अवज्ञा गरे हुने सम्भावित तोडफोड, आगजनी वा लुटपाटका घटनामा आफूहरू जिम्मेवार नरहने बताएको हो ।

