शोभाखर पन्थी, अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीका नेता नन्दबहादुर आचार्यको निधन भएको छ ।८२ वर्षिय आचार्यको उपचारको क्रममा आइतवार बुटवलमा निधन भएको हो ।अर्घा गाउँ बिकास समितिको उपाध्यक्ष निर्वाचितभइ लामो समयसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनु भएका उहाँ जनताको बीचमा स्थापित नेता हुनुहुन्थ्यो ।
उहाँ सन्धिखर्क नगर पालिकाका उपप्रमुख महिला नेतृ मिश्रा आचार्यका श्रीमान हुनुहुन्छ ।जिल्लामा अग्रज समाजसेवीको रुपमा स्थापित नेता आचार्य लोकप्रिय बिकास प्रेमी नेता हुनुहुन्थ्यो । उहाँले सन्धिखर्कको विकासमा ठूलो योगदान पुर्याउनु भएको छ । दिवंगत नेता आचार्यको पार्थिव शरीरलाई आइतवार नै रिडी घाटमा दाहासंसकार गरिएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले पार्टीको झण्डा ओडाएर उहाँ प्रति अन्तिम श्रध्दाञ्जलि प्रकट गर्नु भएको थियो ।
उहाँले पार्टी नेता आचार्यको निधनले पाटीलाई अपुरणीय क्षति भएको बताउनु भयो । दिवंगत नेताआचार्य नेकपा एमालेको मात्र नेता नभएर सबैको प्रिय नेता भएको भएको भन्दै उहाँले राजनीतिक परिवर्तन,बिकास निर्माण र सामाजिक रुपान्तरणमा महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो । आचार्यको निधनले पार्टीले एउटा जुझारुनेता,जनताले असल अभिभावक र समाजले एउटा अगुवा गुमाएको भन्दै अध्यक्ष भुसालले उहाँका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता समेत प्रकट गर्नुभयो ।
उहाँलाई अन्तिम श्रध्दाञ्जलि प्रकट गर्न रिणी घाटमा उहाँकी श्रीमती मिश्रा आचार्यका अतिरिक्त सन्धिखर्क नगर पालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायत वडा अध्यक्ष र सदस्यहरु,नेकपा एमालेका प्रदेश,जिल्ला तथा पालिकाका नेताहरु,सन्धिखर्क नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु,विभिन्न संघसंस्थाका प्रमुख लगायत घरपरिवारका सदस्यहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
आचार्यको निधन भएकोमा सन्धिखर्कका स्थानीय व्यापारीहरुले स्वतस्फूर्त रुपमा पसल समेत बन्द गरेका थिए ।
उहाँको निधनले जन्मस्थल सन्धिखर्क-१० अहिले पुरै शोकाकुल भएको छ । आफ्ना असल अभिभावक प्रियनेता गुमाउनु परेकोमा स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् ।
` दिवंगत आचार्य प्रति हाम्रो पनि श्रद्धासुमन ।´