अर्घाखाँची । अर्घाखाँचीकी लोकप्रीय गायिका जमुना सनमको नयाँ तीज गीत “पैसा कमा केटी” सार्वजनिक भएको छ। तीजलाई लक्षित गर्दै तयार पारिएको उक्त म्युजिक भिडियो जमुना सनम युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो।
गीतमा पैसा र त्यसको प्रभावलाई व्यङ्ग्यात्मक ढङ्गमा प्रस्तुत गरिएको छ। “पैसाले चोली फेर्ने देखि बोलि फेर्ने, घर किन्नेदेखि घर छोडी हिड्ने”
“पैसा केही होइन भन्नेहरू,पैसा बिना केही गर्न सक्दैनन्।
र सम्बन्ध केही हो भन्नेहरू,पैसामा तिनै सम्बन्ध बेचिदिन्छन्। घर गाडी किन्ने पैसाले,सपना त पुरा भए होला, तर घरमै बस्ने आत्मियता हरायो, पैसा कमायौं, तर आफन्त माया गुमायौं। ” जस्ता दमदार शब्दहरूले अहिलेको सामाजिक यथार्थ झल्काएका छन्।
गीतमा राजु सुनामको शब्द, संगीत र एरेन्ज रहेको छ भने, आवाजमा जमुना सनमसँगै शान्ति श्री परियारको दमदार साथ छ। अडियोको रेकर्डिङ राजु सुनामेले, मिक्सिङ बिनोद परियारले र स्टुडियो वजनले निर्माण गरेको हो।
रामजी लामिछानेको निर्देशनमा बनेको भिडियोमा चर्चित नृत्य कलाकार अन्जली अधिकारी र स्मारिका ढकालले नृत्यमार्फत नयाँ दमदार प्रस्तुति दिएका छन्। भिडियो सम्पादन बान्दे प्रसादले गरेका हुन् ।
सामाजिक सन्देश र रमाइलो शैलीको संयोजन गरिएको यस गीतले तीज गीतको भीडमा छुट्टै पहिचान बनाउने विश्वास गरिएको गायिका जमुना सनमका शुभचिन्तकले बताएका छन् ।
भिडियो: