काठमाडौं।
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीवार साँझ कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक वहसपछि अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।