काठमाडौं – एमालेनिकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले २३ भदौमा जेन–जी आन्दोलनकारीमाथि सरकारले गोली चलाएको विरोधस्वरूप २४ भदौमै पदबाट राजीनामा घोषणा गरेका थिए।
तर पछि उनले ज्यानकै खतरा आइलागेका कारण राजीनामा दिएको भन्दै त्यसलाई फिर्ता लिएको दाबी गरे। राजीनामा स्वीकृत नहुँदा शनिबार कडरिया अखिलको कार्यालय प्रवेश गर्न खोजे।
तर कार्यकर्ताले उनलाई रोके मात्र होइन, उनको नेमप्लेट निकालेर जलाए। कार्यकक्षमा टाँसिएको कडरियाको फोटो पनि हटाइयो।