Author: नेपाल राज्य
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्तारूढ गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको जसपाले सभामुख देवराज घिमिरेलाई औपचारिक जानकारी गराइसकेको छ। हालै उपेन्द्र यादवसहितका नेताहरूले बालुवाटारमा सत्तारूढ कांग्रेस–एमाले नेतासँग छलफल गरेपछि जसपा सरकारमा सहभागी हुने चर्चा चलेको थियो। तर निर्णय उल्टिएको छ। प्रतिनिधिसभामा बहुमत रहेको सत्तारूढ गठबन्धनलाई राष्ट्रियसभामा भने तीन सिट कम छन्। जसपाको समर्थनले बहुमत पुग्ने अपेक्षा गरिएको थियो। यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिइसकेको छ।
सप्तरी। कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ। भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँचजना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो। तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाइ श्रम शोषणमा परेका तिरहुतका-४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी-८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँचजनालाई सकुशल उद्धार गरिएको हो। अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका…
अर्घाखाँची । सञ्चार माध्यमको प्रभावकारी प्रयोग गर्दै डढेलो नियन्त्रण र वन संरक्षणमा सक्रिय रहेका मालारानी-५ बाँगीका पत्रकार सागर महतलाई डिभिजन वन कार्यालय अर्घाखाँचीले सम्मान गरेको छ। रेडियो, टेलिभिजन र अनलाइनमा रिपोर्टिङ, अन्तरवार्ता र जनचेतनामूलक कार्यक्रममार्फत उनले समुदायमा चेतना फैलाउँदै आएका थिए। कार्यक्रममा सभागीले महतजस्ता सञ्चारकर्मीको सक्रियता अभियान सफलतामा टेवा पुगेको बताए। सम्मान ग्रहण गर्दै महतले भने, “वन बचाउन कलम पनि उत्तिकै शक्तिशाली हतियार हो। यो मेरो पेशा मात्रै होइन, प्रतिबद्धता पनि हो।” कार्यक्रममा पत्रकार महासंघ, स्थानीय सञ्चारकर्मी, सरोकारवाला निकाय र वन अधिकारीहरूको उपस्थिति थियो।
काठमाडौं । नेकपा (एमाले)ले भोलि अर्थात् बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टी मुख्यालय च्यासलमा बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ। सचिवालय बैठकमा पार्टीको आगामी पोलिटब्युरो बैठक (२ साउन) र केन्द्रीय कमिटी बैठक (५ साउन) को तयारीका विषयमा विशेष छलफल हुने एमालेले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, कार्यदिशा तथा संगठनात्मक विषयहरूबारे पनि छलफल हुने सम्भावना छ।
तनहुँ । समयभन्दा एक वर्षअगावै सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँको व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको हो। कच्ची सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो। यो सडकलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाइने बताइएकाे छ। पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ। कार्यालयले ३६ करोड ६२ लाख ९१ हजार रुपैयाँ खर्चेर सडक स्तरोन्नतिको सम्झौता गरेको थियो। रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ। त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ। रासस
गौमुखी ,प्युठान । क्यानडाको सपना बोकेर घरबाट निस्किएका पदम केसी आज आफ्नै गाउँमा आत्मनिर्भरताको उदाहरण बनेका छन्। १२ वर्षअघि दलालको झुटा भरोसामा परेर लाखौँ रुपैयाँ गुमाएका गौमुखी गाउँपालिका–६ लिवाङका ३२ वर्षीय केसीले जीवनको अर्थ नै फेरिदिए। “सपना तुट्यो, तर सपना देख्न नसक्ने आत्मबल जाग्यो,” उनी सम्झन्छन्। धोका खाएपछि केसीले केही समय शिक्षण पेशा र सरकारी ठेक्काको काम गरे। तर मन त कृषि र पशुपालनमै अड्किइरह्यो। २०७३ सालमा जम्मा ८० हजार रुपैयाँ लगानीबाट सुरु गरिएको बाख्रापालन र नर्सरी व्यवसाय आज ५० लाख नाघिसकेको छ। उनले स्थापना गरेको ‘केसी बाख्रा तथा कृषि फर्म’ मा अहिले बोयर जातका ३५ बाख्रा छन्, जसमा १२…
अर्घाखाँची । मालारानी गाउँपालिका–५ स्थित श्री शान्ति माध्यमिक विद्यालय बाँगी आरुखोरमा शिक्षक सम्मान, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषको व्याज रकमबाट नगद तथा जिन्सी छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा माधव भुसाल, टिकाकर्ण स्मृति, मित्रलाल आचार्य, मेहरसिंह–रुक्मिणी, धनचित्र, मनिकला, चोपलाल आचार्य लगायतका अक्षयकोषहरूबाट वितरण गरिएको छात्रवृत्तिले विद्यार्थीहरूमा उत्साह थपेको विद्यालयले जनाएको छ। यसका साथै नेनाज फाउन्डेसनद्वारा समेत नगद छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा विद्यालयमा लामो समय सेवा पुर्याएका पूर्व शिक्षकहरू ध्रुव बहादुर खत्री, शोभाखर चुँदाली, बसन्त…
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकुमा सुक्खा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका ६६ वर्षीय गोबिन्द बुढामगर र ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दुवै जना रोजा तुसारेपानीस्थित आफ्नो खर्यानतर्फ गएका थिए। घर फर्किन ढिला भएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी दिएको थियो। स्थानीयवासी र प्रहरीले खोजतलास गर्दा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए। ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। उनीहरूका तीन छोरी र दुई छोरा…
शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका नेता पुनाराम भट्टराईको निधन भएको छ । ६५ बर्षीय भट्टराईको गएराती आफ्नै निवास भूनपा-१० धनचौरमा हटट्याकका कारण निधन भएको हो । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी सदस्य रहनु भएका उहाँले जिल्लाको राजनीतिक ,सामाजिक र शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । भट्टराई सेवा निवृत्त शिक्षक हुनुहुन्छ । लक्ष्मी आधारभूत विद्यालयमा लामो समय प्रधानाध्यापक रहेर कामगर्नु भएका उहाँले पछिल्ला बर्षहरुमा जनजागृती माध्यमिक विद्यालय धनचौरमा अध्यापन गरी सेवा निवृत्त हुनुभएको थियो । दिवंगत भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठनको नेता हुनुहुन्थ्यो । बिभिन्न संघ संस्थामा आबद्ध रहनु भएका उहाँ जनताको लोकप्रीय नेता हुनुहुन्थ्यो । दिवंगत नेता भट्टराईलाई…
बुटवल। शशीला मोटर्सले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको लुम्बिनीकै सबैभन्दा ठूलो विद्युतीय सवारी चार्जिङ स्टेशन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। १००० केभीए क्षमताको उक्त स्टेशनमा एकैपटक १४ वटा सवारी साधन चार्ज गर्न सकिनेछ। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका सो पूर्वाधारलाई ‘हरित यातायाततर्फको महत्वपूर्ण पाइला’ भन्दै निजी क्षेत्रको पहलको खुलेर प्रशंसा गरे। शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाका अनुसार इभीको प्रयोग बढ्दो क्रममा भए पनि चार्जिङ संरचनाको कमी महसुस भइरहेकाले यो केन्द्र निर्माण गरिएको हो। “यो केवल व्यवसाय होइन, वातावरणीय उत्तरदायित्व पनि हो,” खतिवडाले भने। इलेक्ट्रिक बस, कार, भ्यानलगायत सबै प्रकारका इभी चार्ज गर्न मिल्नेगरी बनाइएको यो…
