Author: नेपाल राज्य

अर्घाखाँची – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेसँगै अर्घाखाँचीमा पनि राजनीतिक तापक्रम तीव्र बढेको छ। जिल्लाका युवा नेता तथा समाजसेवी इन्द्रमणी पौडेलले अर्घाखाँचीबाट नेपाली कांग्रेस सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । जेनजी आन्दोलनपछि सक्रिय बनेको युवा पुस्ता र शुभेच्छुकहरूको निरन्तर आग्रहलाई सम्मान गर्दै पौडेलले जिम्मेवारीबाट पछि हट्न नसक्ने बताए। “धेरै युवा, शुभचिन्तक र साथींहरूले तपाईं उठ्नुपर्छ भनेर दबाब दिइरहनुभएको थियो। विस्तृत छलफलपछि म यसपटक अर्घाखाँची सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु,” पौडेलले भने। पार्टीभित्र समाजसेवी, इमानदार र युवामैत्री नेतृत्वका रूपमा परिचित पौडेल गत महाधिवेशनमा अर्घाखाँची सभापतिका बलिया प्रत्याशीका रूपमा उदाएका थिए।…

Read More

काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् । आज विस्तार हुने मन्त्रिपरिषद्‍मा चार जना मन्त्री थपिने प्रधानमन्त्री कार्कीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीको लागि सिफारिस भएको राष्ट्रपतिको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी…

Read More

काठमाडौं — नेकपा एमालेका पूर्व सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले नख्खु कारागारमै बसेर आगामी महाधिवेशनमा केपी शर्मा ओली नै पुनः अध्यक्ष बन्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा लामो समयदेखि कारागार जीवन बिताइरहेका रायमाझीले पार्टीको नेतृत्वमा स्थिरता, संगठन सुदृढीकरण तथा वैचारिक निरन्तरताका लागि ओली अपरिहार्य रहेको टिप्पणी गरेका छन्। रायमाझीले आफूलाई लागेका अभियोग नियोजित रूपमा रचित भएको दाबी पनि दोहोर्याएका छन्। तत्कालीन प्रचण्ड नेतृत्वले योजना बद्ध तरिकाले फसाएको बताएका हुन् । जेन्जी आन्दोलनको क्रममा २४ गते कारागार बाहिर निस्किएका रायमाझी केही दिनपछि नै कानुनी प्रकृयाअनुसार पुनः नख्खु कारागार फर्किएका थिए। बाहिरिएको छोटो अवधिमा पनि उनले एमालेभित्र…

Read More

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनलाई भव्य रूपमा सफल पार्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालले देशभरबाट करिब ५० हजार युवा परिचालन गर्ने तयारी गरेको छ। यसका लागि संगठनले आफ्ना केन्द्रीय सदस्यहरुलाई विभिन्न भूगोल र क्षेत्रका उत्प्रेरकका रूपमा जिम्मेवारी तोकेको छ। उक्त अभियान अन्तर्गत अर्घाखाँचीका बिनोद बस्नेतलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ देखि ७ नं. वडासम्मको समन्वय जिम्मा दिइएको छ। बस्नेत राष्ट्रिय युवा संघ नेपालका निर्वाचित केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशकै कान्छो पार्टी जिल्ला कमिटी सदस्य समेत हुन्। लुम्बिनीमा युवाहरुबीच राम्रो परिचित बस्नेत पार्टी नीतिप्रति कठोर, प्रतिबद्ध र सक्रिय कार्यकर्ता मानिन्छन्। महाधिवेशनलाई व्यवस्थित, उत्साहजनक र उच्च सहभागितासहित सम्पन्न गर्न आफ्ना क्षेत्रका युवालाई…

Read More

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका भाइ खुबिराम आचार्यले आफूले अबैध रूपमा काठ लिएको भन्ने समाचारहरू असत्य र भ्रामक भएको बताएका छन्। केही मिडिया, व्यक्ति र सामाजिक सञ्जालमा आएका आरोपबारे उनले औपचारिक प्रतिक्रिया दिँदै सम्पूर्ण प्रक्रिया कानुनअनुसार पूरा भएको स्पष्ट गरेका हुन् । दस्तुर तिरेको भौचर सार्वजनिक गर्दै घर मर्मतका लागि आवश्यक पर्ने काठ सामुदायिक बन तथा डिभिजन बन कार्यालय अर्घाखाँचीमार्फत तोकिएको दस्तुर तिरेर प्राप्त गरेको बताएका हुन्। घरायसी झ्याल–ढोका मर्मत, फर्निचर निर्माण तथा व्यक्तिगत प्रयोजनका लागि काठ किन्न पाउने व्यवस्था सबै नागरिकका लागि बराबर रूपमा लागू हुन्छ। डिभिजन बन कार्यालयको आन्तरिक खपत कोटाबाट जो कोहीले नियमअनुसार किन्न सक्ने काठ…

Read More

अर्घाखाँची। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सम्पन्न प्रतिनिधि निर्वाचनमा पराजित भएका श्रीकृष्ण भुसालले पार्टी सदस्यहरूले देखाएको विश्वास, सदभाव, समर्थन र सुझावले आफूलाई आगामी राजनीतिक यात्रामा थप प्रेरणा प्रदान गरेको बताएका छन्। मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीका अध्यक्षसमेत रहेका भुसालले १ हजार ८८ मतसहित उप-विजेता बनेका थिए। निर्वाचनपछि सार्वजनिक धारणा व्यक्त गर्दै उनले आफूलाई सहयोग, समर्थन र विश्वास प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका हुन् । अध्यक्ष भुसालले भने “महाधिवेशन प्रतिनिधि निर्वाचनमा अमूल्य सहयोग पुर्याउनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। मत परिमाणमा उप-विजेता भए पनि हजुरहरूले दिएको सदभाव, सुझाव र आलोचनाले आगामी राजनीतिक बाटो तय गर्न ऊर्जा दिएको छ।”…

Read More

लक्ष्मी खनाल ,अर्घाखाँची । भूमिकास्थान नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको नगरस्तरीय बालभेला अन्तर्गत वादविवाद प्रतियोगिता नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापाले विद्यार्थीकै तर्कशक्ति, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा वादविवादजस्ता क्रियाकलाप अत्यन्त प्रभावकारी हुने बताए। बालबालिकामा चौतर्फी विकास, सहनशीलता, अनुशासन र अध्ययन बानी मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक छन्। उनले बालबालिकाको रुचि पहिचान गरी सोही क्षेत्रमा अघि बढ्न सक्ने वातावरण तयार गर्नुपर्नेमा नगरप्रमुख थापाले जोड दिए। “पढाइ मात्र प्राथमिकता होइन। बालबालिकाले जुन क्षेत्रमा रुचि देखाउँछन्, त्यही क्षेत्रमा अब्बल बन्न दिनु जरुरी छ” थापाले भने। यस वर्षको वादविवाद प्रतियोगिताको विषय…

Read More

अर्घाखाँची । अर्घाखाँची मालारानी–५ बाँगीका कलाकार कमल खड्काले आफ्नो नयाँ म्युजिक भिडियो “उमेर भैसको” सार्वजनिक गरेका छन्। पेशाले राष्ट्रसेवक कर्मचारी रहेका खड्का लामो समय शिक्षण पेशामा सक्रिय थिए। काठमाडौंका विभिन्न विद्यालयमा झन्डै सात वर्ष र अर्घाखाँचीका सिद्धार्थ मावि र आदर्श माविमा करिब दस वर्ष गणित शिक्षकका रूपमा काम गरिरहेका उनले हाल नेपाल विद्युत प्राधिकरणमा सेवा दिँदै आएका छन्। करिब पन्ध्र वर्षको शिक्षक जीवनमा गणितमा जिल्लास्तरमै उत्कृष्ट नतिजा दिन सफल रहेका खड्का सानैदेखि गीत–संगीतमा रुचि राख्छन्। विद्यार्थी जीवनमै लोकगीत र दोहोरी प्रतियोगितामा भाग लिनु, पुरस्कार जित्नु, जनबादी गीत लेखन र गायनमा सक्रिय हुनु उनका पहिलाका पहिचान हुन्। देशको राजनीतिक परिस्थितिलाई केंद्रित…

Read More

अर्घाखाँची। सन्धिखर्क नगरपालिका–३ का समाजसेवी तथा रास्वपा सन्धिखर्क सभापति राजु खड्का,सुन्दर खड्का,सुदन खड्का लगायत खड्का परिवारले चिसो मौसमलाई ध्यानमा राख्दै कुमाल समुदायका परिवारलाई १० थान सिरक वितरण गरेका छन्। तीन भाइ खड्का परिवारको आर्थिक सहयोगमा सन्धिखर्क–१ झिल्केडाडाका १० विपन्न परिवारले न्यानो कपडा प्राप्त गरेका हुन्। आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले गरिएको वितरण कार्यक्रममा सन्धिखर्क–१ का वडाध्यक्ष माधब श्रेष्ठ, वडासदस्य श्रीधर मुखिया, पत्रकार हृदय भुसाल र जितेन्द्र खत्री तथा स्थानीय रिखबहादुर मुखियाको उपस्थिति समेत रहेको थियो। सिरक प्राप्त गर्नेमा तोमकला मुखिया, साबित्रा मुखिया, धनकुमारी मुखिया, शान्ता मुखिया, सेरबहादुर मुखिया, बिष्णु मुखिया, हिमकला मुखिया, राधिका मुखिया, पुतला मुखिया र श्यामबकस…

Read More

अर्घाखाँची । एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटमा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल अत्यधिक बहुमतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । अध्यक्ष भुसालले सबैभन्दा धेरै ३ हजार १ सय ८७ मत लिएर दमदार जित निकाल्दै आफ्नो संगठनात्मक पकड फेरि बलियो प्रमाणित गरेका हुन् । जिल्लामा खानेपानीको निर्वाचन सकिएपछि एमाले भित्र–बाहिरबाट उनलाई हराउन धेरै प्रयास भए, तर ती सबै योजना असफल भएको भुसालका नजिकका आफ्नहरूले बताउँछन्। संस्थापन पक्षबाट वसन्तकुमार श्रेष्ठले २ हजार ८ सय ४१ मत ल्याएर दोस्रो स्थान कायम गरेका छन् । यसैगरी शम्भुप्रसाद पोखरेल, रेशम थापा, तेजप्रसाद खनाल र कमलप्रसाद घिमिरे पनि विजयी भएका हुन् । खुला महिलातर्फ…

Read More