काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनलाई भव्य रूपमा सफल पार्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालले देशभरबाट करिब ५० हजार युवा परिचालन गर्ने तयारी गरेको छ। यसका लागि संगठनले आफ्ना केन्द्रीय सदस्यहरुलाई विभिन्न भूगोल र क्षेत्रका उत्प्रेरकका रूपमा जिम्मेवारी तोकेको छ।
उक्त अभियान अन्तर्गत अर्घाखाँचीका बिनोद बस्नेतलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ देखि ७ नं. वडासम्मको समन्वय जिम्मा दिइएको छ। बस्नेत राष्ट्रिय युवा संघ नेपालका निर्वाचित केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशकै कान्छो पार्टी जिल्ला कमिटी सदस्य समेत हुन्।
लुम्बिनीमा युवाहरुबीच राम्रो परिचित बस्नेत पार्टी नीतिप्रति कठोर, प्रतिबद्ध र सक्रिय कार्यकर्ता मानिन्छन्। महाधिवेशनलाई व्यवस्थित, उत्साहजनक र उच्च सहभागितासहित सम्पन्न गर्न आफ्ना क्षेत्रका युवालाई प्रभावकारी रूपमा संगठित गर्न जुटेका हुन् ।
युवाहरूको क्षमता विकास गरी नयाँ पुस्ता लाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग भएको बस्नेत बताउछन् । बस्नेत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

