हरि कुँवर
अर्घाखाँची– पूर्वमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले एमालेको सरकार बनेपछि वृद्धभत्ता बढाएर दोब्बर पार्ने बताए । उनले भत्ता आठ हजार हुने बताए । ‘
एमालेका उम्मेदवारलाई मत दिएर जिताउनुस, हामी वृद्धाभत्ता आठ हजार बनाउँछौं,’ एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले बा“गी पोखेडाँडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले भने, ‘गठबन्धन जे भएपनि एमाले उम्मेदवारलाई जिताउन मतदाता आतुर छन् । हामीले गरेको विकासलाई पुरा गर्छौ ।’
आचार्यले जेष्ठ नागरिकलाई सम्मान सहित गाउँमा शिक्षाको गुणस्तर, सबैका घरमा खानेपानीका धारा, सहज स्वास्थ्य सेवा, टोलैपिच्छेका सडकलाई व्यवस्थित सडक, युवालाई स्वरोजगार बनाउन कृषि उद्यम लगायत पूर्वाधार विकास गरी समृद्ध गाउँ बनाउने काम भैरहेकाले त्यसलाई पुरा गर्न र थप नयाँ काम गर्ने प्रतिबद्धता जनाए ।