हरि कुँवर, अर्घाखाँची ।
बाँगी- अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा बाबुराम खनाल सर्वसम्मत चयन भएका छन ।
सनिवार खनालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । बरिस्ठ उपाध्यक्षमा भाेला भुसाल सचिवमा मदन मिश्र सहसचिवमा विशाल पन्थी कोषाध्यक्षमा ठाकुर पन्थी सर्वसम्मत रुपमा चयन भएका हुन ।
मालारानी गाउँपालिका बाँगी जन्मघरभै हाल रुपन्देही जिल्लामा विभिन्न पेशा कर्मथलो बनाएर सहयात्रीहरुको साझा सामाजिक संगठन बाँगी – अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको चौथो साधारण सभा तथा दोश्रो अधिबेसनमा समाजका अध्यक्ष भोज बहादुर खड्काको अध्यक्षता मालारानी- ५ बाँगीका वडाअध्यक्ष तिलक मिश्रको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेश भुसाल , संरक्षक डबल बहादुर बि सि , संस्थापक सदस्य निमानन्द भुसाल , सल्लाहकार सदस्य लोकराज भुसाल , राजनैतिक ब्यक्तित्व खिम बहादुर बि. क.,चिन्तमणि भुसाल ,इन्जिनियर अरुण खनाल , समाजसेवी रामप्रसाद पराजुली, उपप्रध्यापक दुर्गा भुसाल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।