काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् । आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने प्रधानमन्त्री कार्कीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीको लागि सिफारिस भएको राष्ट्रपतिको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

