अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेकपा लाई ठूलो झट्का लागेको छ । जिल्लाका पूर्व माओवादी केन्द्र निकट वाईसीएलका १७ जना सक्रिय युवा कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका छन्।
लामो समयसम्म पार्टी गतिविधिमा सक्रिय रहँदै आएका उनीहरूले संगठनभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली र राजनीतिक दिशाप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेकपा परित्याग गरेको जानकारी दिएका छन्। नाम नखुलाउने सर्तमा जानकारी दिदै भने युवाको भूमिका, विचार र योगदानलाई बेवास्ता गर्दै आएको तथा निर्णय प्रक्रिया सीमित घेराभित्र केन्द्रित भएको उनको आरोप छ ।
पार्टी परित्याग गर्नेहरूमा बिरेन्द्र बस्नेत (मालारानी ५), कमल नेपाली, बन्धु नेपाली, चुरामणि ढुङ्गाना, माधव भण्डारी-१, रमेश आचार्य (सनपा २), अम्मर जीएम, नरिश्वर जीसी, प्रकाश खनाल, मनिस पराजुली (सनपा १०), कमल भुसाल, दीपक भुसाल (सनपा ९), बालकृष्ण साह, कृष्ण हिताङ (सनपा ७), राम पौडेल (भुनपा ४) माधव भण्डारी(सनपा२)र बिनोद मरासिनी रहेका छन्। पार्टी परित्याग गरेका युवाहरूले आफू स्वतन्त्र रहेको बताएका छन्। जिल्लाको स्थानीय राजनीतिमा चासो र तरंग पैदा गरेको छ।
यता सामाजिक अभियानता तथा पुर्व माओवादी केन्द्र जिल्ला क्रियाशील सदस्य युवराज केसी र ईश्वर जङ्ग थापाले रास्वपा अर्घाखाँची प्रवेश गरेको बताएका हुन् । केसी पुर्व नेपाली जनप्रगतिशिल मञ्च बहराइनका अध्यक्ष समेत थिए ।

