नवलपुर।
पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका-३ मा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका-४ का १६ वर्षीय शिशिर पन्त रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए ।