Author: नेपाल राज्य

काठमाडौं – भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी विद्रोह भएको १५ दिन नपुग्दै दैलेखमा एक सरकारी कर्मचारी घुससहित हिजो साझ पक्राउ परेका छन् । दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् । उनले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीबाट एक लाख रूपैयाँ घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल, काठमाडौँ र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट कार्कीलाई रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उजुरी र सूचना प्राप्त भएपछि स्टिङ अपरेसनमार्फत उनलाई पक्राउ गरिएको हो।

Read More

काठमाडौं – संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले हालै भदौ २३ र २४ मा भएको युवा आन्दोलनलाई मुलुकमा बढ्दो चेतना, भ्रष्टाचारविरुद्धको असन्तोष र नयाँ पुस्ताको चाहनाको प्रतिविम्ब भएको बताइन्। उनका अनुसार संविधानले दिएको मार्गदर्शनअनुसार सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र त्यसबाट जन्मिएको असन्तोषले आन्दोलनलाई उत्प्रेरित गरेको हो। प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आधार नै जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली भएको भन्दै, “यो आन्दोलनलाई म हाम्रो लोकतान्त्रिक स्वास्थ्यसँग पनि जोडेर हेर्छु,” भनिन्। युवाले उठाएका माग र एजेन्डालाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकार जनअपेक्षाअनुरूप काम गर्ने स्पष्ट सन्देश दिइन्।

Read More

अर्घाखाँची — नेपाली कांग्रेस सन्धिखर्क नगरसभापति बाबुराम भुसालले पद र पार्टी दुवै परित्याग गरेका छन्। जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा भुसालले हालैको GEN Z आन्दोलनमा समर्थन जनाउने सबै कांग्रेसजनलाई दोषी ठहर गरिनु अन्याय भएको बताएका छन्। त्यही कारण आफूलाई पदमा बसिरहन अनुचित लागेको र अब साधारण सदस्यसमेत नरहने निर्णय गरेको उनले स्पष्ट पारेका छन्। भुसालले राजीनामा पत्रमार्फत कांग्रेस नेताहरुलाई विधानको धारा ५९ अध्ययन गर्न आग्रह गर्दै “भाषण होइन, व्यवहार र जनताप्रतिको कामले मात्र विश्वास जितिन्छ” भनेर सन्देश दिएका छन्। “यो निर्णय कुनै दलगत प्रभाव वा व्यक्तिगत स्वार्थका कारण नभई आफ्नै स्वेच्छाले गरेको हुँ ” उनले भनेका छन्…

Read More

अर्घाखाँची -सिंहदरवार जलेको खबर सुनेपछि रातभर निद्रा नपरेका शितगंगा नगरपालिका-२ सितापुरका तुल्सीराम अधिकारीले आफ्नो पसिनाको कमाइ राष्ट्रलाई अर्पण गरेका छन्। “म बनाउँछु, मेरो सिंहदरबार” भन्ने अठोटसहित उनले कृषि पेशाबाट कमाएको १ लाख १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेका हुन्। अधिकारीले भने “म कुनै भाइरल हुन खोजेको होइन। यो मेरो मनको शान्ति र देशलाई बनाउनको अभियान हो। सबैलाई आफ्नै ठाउँबाट साथ बढाउन अनुरोध गर्छु।” उनले बुझाएको रकमको भौचर ग्रहण गर्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले भने “जेन-जी आन्दोलनले मुलुकका प्रमुख संरचना ध्वस्त भएका छन्। अब पुनर्निर्माण सबैको साझा जिम्मेवारी हो। प्रत्येक नागरिक आ-आफ्नो ठाउँबाट जुट्नुपर्छ।…

Read More

अर्घाखाँची – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यकी पत्नी दीपा आचार्यले मेहनत ले बनाएको घर प्रति मनको वेदना पोखेकी छन् । दीपा आचार्यले भनेकी छन् “यो घर हाम्रो पसिना र मेहेनतले बनेको हो। २८ वर्ष जागिर गरेर, लगानी गरेर बनाएको घर आज खरानी भएको छ।” दीपा आचार्यले वर्णन गरिन् कि सो घर उनी र उनका परिवारले बैंक र सहकारीबाट लिएको ऋण तिरेर बनाएको हो। “हाम्रा छोराछोरीलाई पनि त्याग र सादगी सिकाएका छौं। मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्दिनँ भनेर मैले प्रण गरेको छु,” उनले भनिन्। उनले आगो लागेर घरको पुरा विनाश हेरेपछि भित्रको भाव खुलाउँदै भनेकी छिन् – निद्रा हराएको, मन भरभराइरहेको,…

Read More

काठमाडौं – एमालेनिकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले २३ भदौमा जेन–जी आन्दोलनकारीमाथि सरकारले गोली चलाएको विरोधस्वरूप २४ भदौमै पदबाट राजीनामा घोषणा गरेका थिए। तर पछि उनले ज्यानकै खतरा आइलागेका कारण राजीनामा दिएको भन्दै त्यसलाई फिर्ता लिएको दाबी गरे। राजीनामा स्वीकृत नहुँदा शनिबार कडरिया अखिलको कार्यालय प्रवेश गर्न खोजे। तर कार्यकर्ताले उनलाई रोके मात्र होइन, उनको नेमप्लेट निकालेर जलाए। कार्यकक्षमा टाँसिएको कडरियाको फोटो पनि हटाइयो।

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका ठूला दलका शीर्ष नेताले अब राजनीतिबाट अवकाश लिनुपर्ने धारणा राखेका छन्। शनिबार भिडियो सन्देशमार्फत उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए। शर्माले पदकालमा सीमा तोक्नुपर्ने प्रस्ताव गर्दै भने, “राष्ट्रपति एक पटकभन्दा बढी, प्रधानमन्त्री दुई पटकभन्दा बढी, मन्त्री तीन पटकभन्दा बढी र सांसद चार पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्छ।” उनले लामो समयदेखि चुनाव र सरकार गठनको प्रक्रियाले नयाँ अनुहार ल्याउन नसकेको भन्दै तीनै नेताको वरिपरि राजनीति घुमिरहेकाले जनतामा असन्तुष्टि बढेको टिप्पणी गरे। “मैले पार्टीभित्र पनि कुरा उठाएको…

Read More

काठमाडौं – शुक्रबार दिनभर चलेको तीव्र राजनीतिक परामर्शपछि प्रतिनिधिसभा विघटन गर्ने र त्यसपछि अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति बनेको छ। स्रोतका अनुसार, राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको छ। आन्दोलनरत जेनजेड पुस्ताको दबाब र कार्कीको स्पष्ट अडानका कारण राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बाटो खोल्ने निर्णय गरेका हुन्। उनले संसद् विघटन गरेर अन्तरिम सरकार गठनतर्फ अघि बढ्ने तयारी मिलाएका छन्। यसअघि शुक्रबार बिहानदेखि नै राष्ट्रपति पौडेलले दलका शीर्ष नेताहरू, प्रधानसेनापति र जेनजेड प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यसै क्रममा अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्तावित कार्कीसँग पनि विशेष कुराकानी भएको बताइन्छ।

Read More

शोभाखर पन्थी, अर्घाखाँची- जन्मदिनको अबसर पारेर सन्धिखर्कका एक युवाले आफूले पढेको विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेका छन् । सन्धिखर्क नगर पालिका वडा नं.-१ सियाले ,अर्घाखाँची निवासी प्रकाश पाण्डेले आफूले पढेको भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीलाई आफ्ना वुवा आमा मार्फत १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो । हाल अध्ययनको क्रममा संयुक्त राज्य अमेरिकामा रहनु भएका इन्जिनीयर पाण्डेले भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीमा कक्षा – ६ देखि १० सम्मको अध्ययन पुरा गर्नुभएको थियो । गुल्मी जिल्लाको धुर्कोट गाउँ पालिका वडा नं.-५ बस्तुमा २०४३ सालमा जन्मनु भएका उहाँ भगवती माध्यमिक विद्यालय बाट २०५८ सालमा एस.एल.सी.उत्तीर्ण हुनुभएको थियो ।…

Read More

काठमाडौं  – बाराको सिमरामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष सम्मानका साथ स्वागत गरिएको छ। वीरगञ्जतर्फ जाँदै गर्दा सिमरा विमानस्थलमा अवतरण गर्ने क्रममा उनलाई ५१ किलो तौलको विशाल माला लगाएर स्वागत गरिएको हो। भण्डारीलाई स्वागत गर्न नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहसहित स्थानीय नेता कार्यकर्ता उपस्थित थिए। विमानस्थल बाहिर लामबद्ध भएर प्रतीक्षा गरिरहेका कार्यकर्ता र स्थानीयसँग पूर्वराष्ट्रपति भण्डारीले हात मिलाउँदै अभिवादनसमेत गरेकी थिइन्।

Read More