Author: नेपाल राज्य
अर्घाखाँचीमा रास्वपाको ऐतिहासिक जित : उम्मेदवार भुसाल ३५ हजारभन्दा बढी मतसहित निर्वाचित
अर्घाखाँची । अर्घाखाँची प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि प्रसाद भुसाल ३५ हजार २३ मतसहित निर्वाचित भएका छन्। उनले १२ हजार ३७४ मतान्तरले पछि पार्दै दमदार जित हासिल गरेका हुन्। नेकपा एमालेका उम्मेदवार पीतमबर भुसाल ले २२ हजार ६४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विष्णु प्रसाद खनाल ले १८ हजार ९८३ मत ल्याएका हुन् । यसैगरी नेकपाका उम्मेदवार राम बहादुर चौहान ले ३,८४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार पशुपति नाथ ढकाल ले १,८०९ मत पाएका छन् भने नेकपा (माओवादी) उम्मेदवार खिम घर्ती ले ४५९ मत प्राप्त गरेका छन्। जिल्लामा कुल १…
मोरङ। मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ। मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि तथा पार्टीका जिल्ला सदस्य दुर्गा रेग्मीको मृत्यु भएको हो . प्रहरीका अनुसार उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मतगणना स्थलबाट खाना खान गएका बेला उनी अचानक ढलेका थिए। खाना खाइरहेकै स्थानमा उनको मृत्यु भएको एसपी कट्टुवालले जानकारी दिएका छन्।
अर्घाखाँची । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका विभिन्न वडाको मतगणनाको ताजा परिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि भुसाल अग्रस्थानमा रहेका छन्। सन्धिखर्क नगरपालिका–३ र ४ को गणनाअनुसार हरि भुसाल (घण्टी) ले ९२४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बिष्णु खनाल (रूख) ले ७७३ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका पीताम्बर भुसाल (सूर्य) ले २४३ मत प्राप्त गरेका छन् भने नेकपाका रामबहादुर चौहान (तारा) ले ८८ मत पाएका छन्। त्यसैगरी सन्धिखर्क नगरपालिका–२ मा हरि भुसाल (घण्टी) ले ८१५ मत प्राप्त गर्दा पीताम्बर भुसाल (सूर्य) ले ५८५ मत पाएका छन्। बिष्णु खनाल…
अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिपछि मतगणना सन्धिखर्क नगरपालिका वडा-४ स्थित वाङ्लाबाट सुरु गरिएको हो। त्यसपछि १,२ हुँदै क्रमशः शितगंगा, भुमिकास्थान, मालारानी, छत्रदेव र पाणिनी गाउँपालिकाको मतगणना गरिनेछ। जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेकामा ८६ हजार ६ सय ६८ मत खसेको छ। जसमध्ये ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरुष मतदाता रहेका छन्। जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्।
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ। अहिले ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ। त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ। नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ। एमालेले अग्रता लिएका क्षेत्र पाँच वटा छन्। जसमा रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई, स्याङजा १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन्।
काठमाडौं । काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पराजुलीले फराकिलो मतान्तरका साथ अग्रता जारी राखेका छन्। ६ हजार ६८७ मत गणना हुँदा पराजुलीले ४ हजार ५० मत पाएको निर्वाचन अधिकृत सविता शर्माले बताइन्। नेकपा (एमाले)का प्रकाश श्रेष्ठ ८२२ मत र कांग्रेसका प्रमोदहरी गुरागाईंले ५७५ मतका साथ उनलाई पछ्याइरहेका छन्।
काठमाडौं । झापा ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले स्पष्ट अग्रता लिएका छन्। हालसम्मको गणनाअनुसार बालेनले १४७६ मत प्राप्त गरेका छन्। समाचार बनाउदा सम्म उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले ४२० मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङ ले ९० मत पाएका छन्। हालसम्मको मतपरिणामअनुसार बालेनले ओलीभन्दा एक हजारभन्दा बढी मतान्तर बनाउँदै अग्रता कायम गरेका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतले जनाएको छ।
अर्घाखाँची । नेकपा एमाले उम्मेदवार पीताम्बर भुसालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भुसालले सामाजिक सञ्जालमार्फत जिल्ला र देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका हुन्। उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सरकार, निर्वाचन आयोग नेपाल, मतदानमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै निर्वाचन अभियानमा सक्रिय पार्टीका कार्यकर्ता, प्रतिनिधि तथा सहयोगी सबैलाई पनि धन्यवाद दिएका हुन् । भुसालले आफ्नो सन्देशमा भनेका छन्– “प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा लोकतन्त्रको महोत्सवमा उत्साहपूर्वक सहभागी भई मतदान…
चितवन । प्रतिनिधिसभा निर्वाचनका क्रममा झापा क्षेत्र नम्बर ५ र चितवन क्षेत्र नम्बर २ बीच नेपाली कांग्रेस र नेकपा एमालेबीच अनौपचारिक चुनावी सहकार्य भएको दाबी सार्वजनिक भएको छ। स्रोतका अनुसार दुई दलबीच एकअर्कालाई रणनीतिक रूपमा सघाउने समझदारी बनेको थियो। झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह (बालेन) बीच कडा प्रतिस्पर्धा छ। विभिन्न चुनावी विश्लेषणहरूमा बालेनको स्थिति बलियो देखिन थालेपछि ओलीलाई सुरक्षित बनाउन कांग्रेस–एमालेबीच सहकार्य भएको एमालेका नेताहरुले नै बताएका छन् । यस सहकार्यको केन्द्रमा चितवन–२ रहेको बताइन्छ। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट मीनाकुमारी…
अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान उत्साहपुर्वक सम्पन्न भएको छ। जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेकामा ८६ हजार ६ सय ६८ मत खसेको हो । जसमध्ये ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरुष मतदाता रहेका छन्। जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका हुन् । शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र मतपेटिका आउने क्रम जारी रहेको हुँदा भोलि बिहान ७ बजे सर्वदलीय बैठक पछि १० बजे मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।
