काठमाडौ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६१दिन सम्मचल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं”उपहार योजना घोषणा गरेको छ ।उक्त कार्यक्रममा र्चिर्चत हास्यकलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाईजनहीरु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,०००साथै६१दिनलगातार हरेकदिन १००जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप्अप् र अन्त्यमा एक जनाभाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यस“विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें”अफर असोज १५ देखि मङ्सिर १५ गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । सिटीएक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।