काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः प्रहरी हिरासतमा राखिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयानका लागि आइतबार आफैं अदालत उपस्थित भएका लामिछानेलाई थुनछेक बहस नसकिएपछि प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।
सोमबार बिहान १० बजे थुनछेक बहसको लागी पुनः अदालत पेस गरिने प्रहरी स्रोतले जनाएको छ ।