जिल्लाका विभिन्न ठाउँहरुमा नापजाँच भैरहेकाले सम्बन्धित जग्गाधनी स्वयं वा निजको प्रतिनिधि आफ्नो कित्तामा पुगी घुमी, घुमाई नापजाँच गराउनुको साथै ७ दिने सूचना प्रकाशनको समयमा विवरणहरु नमिलेमा सम्बन्धित जग्गाका प्रमाणहरु राखी निवेदन दिनुहुन र जमिन दर्ताको समयमा तपशिलका कागजातहरु लिई सम्बन्धित टोलीमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
- नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि हालसालै तिरेको तिरो रसिद २ प्रति पासपोर्ट साइजको फोटो राजीनामा/अंशवण्डा वा सो सम्बन्धी कागजातहरु जग्गाधनी प्रमाण पुर्जा जली हराएको हकमा नागरिकता, द्धन्द्धबाट क्षति हुनु अघि तिरो तिरेको रसिद
- साविक नापीको समयमा नापी टोलिले दरपीठ गरीएको रसिद, जग्गा सम्बन्धी अन्य प्रमाण कुनै निकायमा रहेको भए सो निकायबाट प्रमाणित गरेको प्रमाण जले हराएको वा नष्ट भएको हो भने स्थानीय निकायबाट हकभोग सम्बन्धी स्थलगत सर्जमिन मुचुल्का सहितको किटानी सहितको सिफारिस आवश्यक पर्नेछ ।