काठमाडौं ।
जिबन देखि बिरक्त लागेको मान्छे म
पिढिमा बसि घर छेउको रामेको गगन छुम्नि महल देख्छु यस्तो लाग्छ म सगरमाथा चढ्ने सपना लिएर
धर्तीमा बिलाएको मान्छे म
आमाको सेतै फुलेको कपाल चाउरिएको अनुहार अनि फाटेको चोली देख्छु यस्तो लाग्छ
गैरी खेतमा मेहनत गरि रोपिएको तर पाक्ने बेलामा
उठ्नै नसक्ने गरि ढलेको धान जस्तै ढलेको मान्छे म
बैशाख जेठमा हलक्क बढेको मकैलाइ जसरि
असिना परि थिचिएको हुन्छ त्यस्तै समस्यै समस्याले थिचिएको मान्छे म
सायद यी सबै समस्याको समाधान गर्न म घर माथिको अग्लो डाडाको चुचुरो पुग्छु ।
र आत्माहत्या गर्नु अघि मलाइ मेरि आमाले म सानो छ्दा डोकोमा घासको भारी संगै घुमाएको पाखा पखेरा जिबनको अन्तिम पल्ट घुमी मेरि आमाले टेकेको पाइला हेर्ने रहर लाग्छ ।
पारी हेर्छु सेता सेता सिमलको भुवालाई हावाले उडाइ रहेछ यस्तो लाग्थ्यो हावाको बेग थेग्न नसकी ती सिमलका भुवाले पनि आत्मा हत्या गर्दै छ्न ।।
पर हेर्छु एउटा छेपारो जस्ले रुखमा चढन सयौं पटक कोसिस गरेको तर नसकेको यस्तो लाग्थ्यो छेपारो र मेरो जीवन कथा मिल्छ ।
मलाइ मेरो मन भित्रको आधीले बगाउन थाल्यो ,म मन मनै हराए ।। जब म फेरि छेपारोलाइ हेर्छु तब छेपारो रुख मा चढेर माथी पुगि सकेको हुन्छ ,यस्तो लाग्छ छेपारो ले जित्यो मैले हारे ।।
कता कता म मेरो समस्या देखि भागी आत्मा मार्न चाहाने हत्यारा जस्तो लाग्यो ।
मेरि आमाले म अलि कति बिरामी हुदा पनि मलाइ पिठ्युँमा बोकि घन्टौं टाढाको अस्पताल पुर्याएर मलाइ बचाउनु भाको कुरा बिर्सी म मेरि आमाको बुढेसकालको लठ्ठी बन्न नसकी मर्न खोज्ने कायर छोरा लाग्यो ।
मलाई मेरि आमाको मायाले तान्यो म स्वास नफेरी घर तिर दौडे जसरी भर्खर जन्मेको दुई तीन दिन भएको बाख्राको पाठो बिहान आफ्नो आमाको दुध खान दौडेर जान्छ ।
जब घर पुग्छु मेरि आमा भन्छिन कान्छा तेरो साउदिको भिसा लाग्यो रे ।।।