अर्घाखाँची – प्रतिनिधि सभा निर्वाचन–२०८२ को मत परिणाम सार्वजनिक भएसँगै जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पकड कमजोर भएको स्पष्ट देखिएको छ।
लामो समयसम्म अर्घाखाँचीको राजनीति सधैं एमालेको प्रभावमा रहेको थियो तर यसपटकको परिणामले देखाएको छ कि मतदाताले परिवर्तन र नयाँ नेतृत्वतर्फ झुकाव देखाएका छन्।
जनतासँगको दूरीले कम्जोरी बढायो
विश्लेषकहरूको मतमा एमालेको कमजोरीको पहिलो कारण पार्टी र मतदाता बीचको दूरी बढ्नु हो। चुनावअघि कार्यकर्ता सक्रिय भए पनि मतदातासँग नेतृत्व स्तरको प्रत्यक्ष संवाद सीमित रहँदा जनतामा असन्तुष्टि र अनावश्यक दूरी बढेको अनुभव भयो। गाउँ–गाउँमा पार्टीको संगठन भए पनि मतदातासम्म राम्रो कामको सन्देश पुग्न सकेन।
नयाँ दलको उदय र डिजिटल अभियान
यस निर्वाचनमा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावकारी रणनीति अपनाए। विशेषगरी युवा मतदातामा समाजिक संजालको डिजिटल अभियान निर्णायक सावित भयो। फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा गरिएको सक्रिय प्रचार–प्रसारले नयाँ दलहरूको लोकप्रियता बढायो भने परम्परागत दलहरू पछाडि परे। एमाले भने दोस्रो भयो ।
स्थानीय असन्तुष्टि र संगठनात्मक कमजोरी
एमाले अर्घाखाँची पार्टीभित्रै केही पक्ष असन्तुष्टि रहेका थिए चुनाव नजिकै गर्दा उनीपनी नजिकै भए यो क्रियाकलापले सानो घाटा भएकै हो । नेता नेता बीचको तालमेल र रणनीतिक निर्णयमा मतभिन्नता देखिनुले संगठनिक एकता कमजोर बनायो। मतदान दिनसम्म केहि क्षेत्रका कार्यकर्ताले उत्साहपूर्वक प्रचार–प्रसारमा सहयोग नगर्नु एमालेको स्थिति कमजोर भएको विश्लेषकहरूले बताएका छन्।
परिवर्तनको मनोविज्ञान
देशैभरको राजनीतिक परिवेशले अर्घाखाँचीका मतदातामा पनि नयाँ परिवर्तनको चाहना उत्पन्न गरेको थियो । लुकाएर पनि लुकेन लामो समयदेखि सत्ता र प्रभावमा रहेका दलप्रति केही मतदातामा असन्तुष्टि बढेको थियो। यसले नयाँ दलहरूको पक्षमा मत खसाउने वातावरण तयार पारेको देखियो।
सामाजिक सञ्जाल र युवा मतदाता
यसपटक युवा मतदाताले सामाजिक सञ्जाल मार्फत चुनावमा सक्रिय भूमिका खेले। नयाँ दलहरूले आधुनिक प्रविधि प्रयोग गरी मतदातासँग संवाद बढाएका थिए भने परम्परागत दलहरू यस्ता प्रविधिमा ढिला भएकोले पछि परे। आधा जनशक्ति विदेश भएकोले फरक नपर्ने सम्म दाबी गरे ।
निष्कर्ष
मत परिणामले स्पष्ट देखायो कि अर्घाखाँचीमा एमालेको बलियो पकड चुनौतीपूर्ण बनेको छ। राजनीतिक विश्लेषकहरूले भनेका छन्, “यदि पार्टीले युवा मतदाता, डिजिटल अभियान र संगठन सुधारमा ध्यान दिएन भने आगामी निर्वाचनमा अझ चुनौती सामना गर्नुपर्नेछ।”

