हिम लेकाली, अर्घाखाँची ।
नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं अधिवेशन तथा साधारण सभा शुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथि नेपाल रेडक्रस साेसाईटी केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष शम्भु प्रसाद पाेख्रेलले नेपाल रेडक्रस साेसाइटी विसुद्ध मानविय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था भएको र यस्ले कसैलाई पनि विचारकाे अाधारमा भेदभाव नगर्ने बताउनु भयाे । उहाँले संस्थाले मानविय विपत कम गर्न थुप्रै गतिबिधि तथा कार्यक्रमहरू सन्चालन गर्दै अाएकाे बताउँदै उपशाखा मार्फत थप सेवा प्रदान गर्ने हेतुले उपशाखाहरू निर्माण गरिएको बताउनु भयाे ।
उहाँले सम्पूर्ण नव निर्वाचितहरूलाई सपथ ग्रहण समेत दिलाउनु भएको थियाे । अधिवेशनमा निर्बाचन अधिकृत जिल्ला शाखा मन्त्री चन्द्र प्रसाद बन्जाडे , पूर्व मन्त्री सन्धिखर्क नगरपालिका २ नं. वडा अध्यक्ष माेतिजङ्ग रायमाझी ,जिल्ला शाखा सदस्य तथा सहायक मतदान अधिकृत सहयाेगी बि .सि .ले समेत रेडक्रस कर्मिहरू साच्चिकै अरूभन्दा फरक ,सामाजिक भावले अाेतप्राेत र मानविय ब्यबहारमा संवेदनशील भएर लाग्नु पर्ने बताउँदै समितिलाई बधाई तथा सफलताकाे शुभकामना दिनु भएको थियाे । सर्ब सम्मत रूपमा सम्पन्न अधिवेशनले लेखनाथ भुसाल सभापति रहेकाे ११ सदस्यीय कार्य समितिकाे गठन गरेकाे छ । जस्काे उप सभापतिमा मेनुका पाैडेल ,सचिवमा अम्विका बेल्वासे श्रेष्ठ , काेषाध्यक्षमा भेष बहादुर के.सि. ,उप सचिव पशुपति ढकाल ,उप काेषाध्यक्ष सकुन्तला भुसाल अधिकारी सदस्यहरूमा क्रमश बाबु खड्का ,मुम बहादुर महत (मुनाल ), राजेन्द्र श्रेष्ठ , लक्ष्मि श्रेष्ठ ,जगतप्रसाद भुसाल रहनुभएकाे छ ।
उक्त अधिबेशनकाे सन्चालन रेडक्रस कार्यालय प्रमुख ठाकुर अधिकारी र अध्यक्षता सचिव बाबू खड्काले गर्नु भएको थियाे ।
सन्धिखर्क नगरपालिका भित्रका १,२ र ३ वडालाई सम्मिलित गरि सन्धिखर्क उप शाखा बनेकाे हाे भने यस समिति मा अाजीवन तथा साधारण सदस्य गरि जम्मा २ सय छयालिस जना सदस्यहरू रहेका छन् र रेडक्रसकाे बिधान अनुुसार उप शाखाकाे कार्यकाल २ बर्षकाे रहने गरेकाे छ । अहिले जिल्ला भरिका उपशाखाहरूकाे निर्वाचन भै रहेकाे र निकट भबिष्यमै जिल्ला शाखाकाे अधिवेशन समेत हुने जनाईएकाे छ ।