मोरङ। मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि तथा पार्टीका जिल्ला सदस्य दुर्गा रेग्मीको मृत्यु भएको हो .
प्रहरीका अनुसार उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मतगणना स्थलबाट खाना खान गएका बेला उनी अचानक ढलेका थिए। खाना खाइरहेकै स्थानमा उनको मृत्यु भएको एसपी कट्टुवालले जानकारी दिएका छन्।

