अर्घाखाँची । अर्घाखाँची प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि प्रसाद भुसाल ३५ हजार २३ मतसहित निर्वाचित भएका छन्। उनले १२ हजार ३७४ मतान्तरले पछि पार्दै दमदार जित हासिल गरेका हुन्।

नेकपा एमालेका उम्मेदवार पीतमबर भुसाल ले २२ हजार ६४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विष्णु प्रसाद खनाल ले १८ हजार ९८३ मत ल्याएका हुन् ।

यसैगरी नेकपाका उम्मेदवार राम बहादुर चौहान ले ३,८४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार पशुपति नाथ ढकाल ले १,८०९ मत पाएका छन् भने नेकपा (माओवादी) उम्मेदवार खिम घर्ती ले ४५९ मत प्राप्त गरेका छन्।
जिल्लामा कुल १ लाख ७१ हजार १७६ मतदाता रहेकामा ८६ हजार ५२६ मत खसेको मतमध्ये ८३ हजार ३०६ मत सदर भएको छ भने ३ हजार २२० मत बदर भएको हो ।
यस परिणामसँगै अर्घाखाँचीमा रास्वपाले पहिलो पटक प्रतिनिधि सभा सिट जित्दै नयाँ राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ। स्थानीय मतदाताले परिवर्तन र नयाँ नेतृत्वप्रति भरोसा देखाएको भन्दै यो परिणामलाई अर्थपूर्ण रूपमा हेरिएको र उनका समर्थकले बधाई तथा शुभकामना दिरहेका छन् ।

