काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अराजक गतिविधि र नक्कली राष्ट्रवादको नाटकबाट टाढा रहेको स्पष्ट पारेका छन्। राष्ट्रिय झण्डाको आवरणमा हिंसा र अव्यवस्था फैलाउने प्रवृत्तिलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताए ।
११औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत परिणामलाई सहज रूपमा स्वीकार गर्दै पार्टी लोकतान्त्रिक अभ्यासमै अघि बढिरहेको बताए। उनले पार्टीभित्र अनुशासनलाई मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
विरोधीले एमालेको एकता भाँड्न सक्ने हुँदा निर्वाचन पछि अब पार्टीमा पक्ष विपक्ष नभएको बताए । पार्टीको छवि बिगार्ने कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गर्दै ओलीले भने“अनुशासन बिना समाज टिक्दैन, पार्टी पनि टिक्दैन। हामी सुदृढ अनुशासनमा आधारित लोकतान्त्रिक पार्टी हौँ।”
राष्ट्रिय झण्डालाई प्रयोग गरेर अराजकता मच्चाउने प्रवृत्तिलाई कटाक्ष गर्दै उनले एमालेले यस्तो क्रियाकलाप नसने बताए ।

