Author: नेपाल राज्य
काठमाडौं । अर्घाखाँची मालारानी-५ बाँगीका नवकलाकार मणि कुँवरको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । भावनात्मक गहिराइ बोकेको यस गीतमा मणि कुँवर र लोकप्रिय गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं मणि कुँवरले तयार पारेका हुन्। ‘बैमानी’ मा ओबी रायमाझी र लोसिना लामिछानेले दमदार अभिनय गरेका छन् भने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकनदेखि सम्पादनसम्म अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ भन्ने निर्माण टिमको भनाइ छ। बुधबार शुभारम्भ डिजिटल म्युजिक प्रा.लि (Shubharambha Digital Music) द्वारा सार्वजनिक भएको गीतले दर्शक-श्रोताको मन लोभ्याउदै गीत सामाजिक संजालमा सेयर भएको छ । गीतले नेपाली आधुनिक संगीतमा नयाँ स्वाद…
काठमाडौं । रौतहटको राजपुर नगरपालिका–३ की ३० वर्षीया गुलनाज खातुनको मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। आज दिउँसो सुत्ने कोठामा चार्ज गर्दै गर्दा करेन्ट लागेपछि गम्भीर घाइते भएकी खातुनलाई अस्पताल लगिएको थियो। प्रादेशिक अस्पताल गौरमा साँझ ५ बजे मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका युवा नेता प्रेमनारायण गैरेले सरकारको आलोचना गर्दै किसानहरूको पीडामा बेवास्ता गरिएको गुनासो गरेका छन्। नेता गैरेले बुधबार सामाजिक संजालमा लेखेर बताएका छन् राम्रो कामको खुलेर प्रशंसा गर्न र कमजोरी देखिए आलोचना गर्न आफूहरूले सधैं गरेको भए पनि अहिलेको अवस्थाले निराश बनाएको छ। “छिमेकीहरुले हाम्रो बाटो छेकेर ‘लौन बाबु, १०/८ किलो भएपनि मल मिलाइदिन’ भनेर हारगुहार गरिरहेका छन्,” गैरेले भने, “बाउआमाले मलबिना पिरोलिएको देखिरहेका छोराछोरीहरुले राज्यलाई हेर्ने दृष्टिकोण के बन्ने हो?” गैरेले मलबिउको अभावले कृषक मात्रै होइन, देशमै केही गर्ने सपना बोकेका युवाहरू पनि निराश भएको तर्क गरे। “देशमै केही गरौँ भन्ने युवाहरूमा आश हराउँदै गएको…
काठमाडौं । टिकटकमार्फत जातीय, साम्प्रदायिक र प्रतिष्ठित व्यक्तिहरूविरुद्ध भ्रामक सामग्री प्रचार गरेको अभियोगमा पक्राउ परेकी रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खोटाङकी ३१ वर्षीया बस्नेतलाई साइबर ब्युरोले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो। उनले नेताहरु विरुद्ध टिकटक सामग्री पोष्ट गरेकी थिइन्।
काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । धादिङकी रमिला अधिकारी वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा काठमाडौँ चण्डोलबाट पक्राउ परेकी हुन । निरज कुमार थारुको जाहेरीका आधारमा पक्राउ परेकी अधिकारीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कार्यशैलीविरुद्ध जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन्। सेवा प्रवाह, कार्यसम्पादन र व्यवहारमा असन्तुष्टि जनाउँदै बुधबार करिब ३ घण्टा काम ठप्प पारिएको थियो। सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी खरेलले माफी मागेपछि कामकाज पुनः सुचारु भएको छ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ।
काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो र राति दुवै समय देशभर आकाश बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। भारी वर्षा हुने सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा समाजसेवी महाबिर पुनले देशका शीर्ष नेताहरुको विलासी जीवनशैली र अनैतिक क्रियाकलापप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको एक महंगो घडीलाई उदाहरण दिँदै प्रश्न उठाएका छन् – “प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त?” उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उनी पोस्ट गर्छन् : [ हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी…
कुपण्डोल, ललितपुर । लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने क्रियाकलाप बढ्दै गएका छन् भन्ने गम्भीर चिन्ता र आपत्ति पत्रकारहरूले प्रकट गरेका छन्। मंगलबार ललितपुरको कुपण्डोलमा युनेस्को नेपाल राष्ट्रिय आयोग अन्तर्गतको आम सञ्चार समितिद्वारा आयोजित कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी पत्रकारलाई पक्राउ गर्ने, समाचार हटाउने अदालतको आदेश जस्ता घटनाको विरोध गरे। कार्यक्रममा बोल्दै पत्रकार शिव गाउँलेले राज्य र पत्रकारबीचको द्वन्द्व पुरानै भए पनि पछिल्लो समयमा पत्रकारमाथि दुर्भावनापूर्ण हमला बढेको बताए। उनले भने, “विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ जुन बैंकिङ कारोबारको सुरक्षाका लागि बनाइएको थियो, अहिले पत्रकारमाथि दुरुपयोग भइरहेको छ। यो ठीक होइन।”…
