काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा समाजसेवी महाबिर पुनले देशका शीर्ष नेताहरुको विलासी जीवनशैली र अनैतिक क्रियाकलापप्रति कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको एक महंगो घडीलाई उदाहरण दिँदै प्रश्न उठाएका छन् – “प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त?”
उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
उनी पोस्ट गर्छन् :
[ हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी फटाहाहरुले दिन्छन्। स्वार्थी फटाहाहरुले उपहार दिए पनि नेताहरुले लिनु हुँदैन। अनि साह्रै लोभ लागेर उपहार लिई हाले पनि दुनियाले देख्ने गरेर नलगाउनु होला भन्ने सुझाव छ। 🙏🙏🌹 (फोटो श्रोत – फेसबुक)
गरीब परिवारमा जन्मेर राजनैतिक नेता बन्नु भएका धेरै जसो “महान नेताहरु” लाई जनताको एकदमै गहिरो गुनासो छ । 😡 सारा जनतालाई थाहा नै छ कि केहि सांसदहरु बाहेक अधिकांश सांसदहरुको मासिक तलव भत्ताले खान लाउन र परिवार पाल्न सम्म मुस्किलले पुग्छ। तलव भत्ता बचाएर महंगा घडी, झोला, जुत्ता, कपडा, गहना, गाडी किन्न र आलिसान महल बनाउन पुग्दै पुग्दैन । तपाईहरुका छोराछोरीहरु महंगा स्कुल र कलेजहरूमा पढेर शान देखाउँछन् । त्यसको लागि तपाईंको मासिक तलब भत्ताले पुग्दै पुग्दैन। तर तपाईहरूले पुऱ्याई रहनु भएकै छ।😡
सबैले थाहा पाएको उत्तर यस प्रकार छ – तपाईँहरुले नाजायज रूपमा कमाई गरी रहनु भएको छ र स्थार्थी समुह बाट नाजायज उपहारहरु लिई रहनु भएको छ। हो कि होइन ???😡😡😡 ]