केशव पन्थी -अर्घाखाँची, असार १४ ।
पारिवारिक निजी वन संघको आयोजनामा अर्घाखाँचीमा जनवायु उत्थानशीलता तथा निजी वनको क्षमता अभिवृद्धि विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला रहनुभएको थियो। कार्यक्रममा पारिवारिक निजी वनका केन्द्रिय अध्यक्ष जोगराजले गोष्ठीको उद्देश्य, कार्ययोजना तथा पारिवारिक वनको महत्वबारे जानकारी दिनुभएको थियो।
गोष्ठीमा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल, निजी वन लुम्बिनी प्रदेश सदस्य जगत प्रसाद भुसाल, रूपा प्रधान, रामचन्द्र पोखरेल, जिल्ला सचिव सीता पन्थी, र जिल्ला सदस्य सुमित्रा मुखियाको संन्चालन र जिल्ला सदस्य देवेन्द्र ढुंगानाको स्वागत मक्तव्यबाट शुरूवात भएको कार्यक्रमका वक्ताहरूले मन्तव्य राख्दै निजी वनको संरक्षण, प्रवर्द्धन तथा दिगो व्यवस्थापनमा जोड दिनुभयो।
अर्घाखाँची जिल्लाका विभिन्न पालिकाबाट सहभागी ३० जना प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यशाला असार १६ गतेसम्म सञ्चालन हुनेछ। कार्यशालाले निजी वनको प्रभावकारी व्यवस्थापन र जलवायु उत्थानशीलताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।