अर्घाखाँची ।
रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीको इन्चार्जमा महिला नेतृ श्रृजना पौडेल आचार्य चयन भएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे प्रथम पूर्ण बैठक सन्धिखर्कमा बिहिबार सम्पन्न भएकाे छ । बैठकले पौडेल लाई चयन गरेको हो ।
महिलाको नेतृत्वमा देश विकास हुन्छ समाज वा समुदायको आर्थिक, सामाजिक र राजनीतिक प्रगतिमा महिलाले नेतृत्व लिने र सक्रिय भूमिका खेल्ने गरेको पाइन्छ । विकसित देशहरुमा महिलाहरू विकासका हितग्राही मात्र होइनन्, बरु विकास एजेन्डा तय गर्न र विकास योजना तर्जुमा निर्णय गर्ने कार्यमा नेताको रूपमा सहभागी हुने गरेका छन् ।
रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीले जिल्ला भित्र विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।
नेकपा एमाले अर्घाखाँचीले पालिका अधिबेशन अशौज मसान्त भित्र , ६१ वटै वडाको अधिबेशन कात्तिक मसान्तसम्म र अबधिपुगेका जनसंगठनहरुको अशौज १० सम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कार्यालय सचीव लिल ब. बिकले जानकारी दिए ।