काठमाडौं ।
भारतको सहयोगमा इरानबाट ६ नेपाली नेपाल आइपुगेका छन् ।
इरानबाट उद्धार गरिएका ६ जना नेपाली स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकहरुसँगै उनीहरूको उद्धार गरेर दिल्ली ल्याएको थियो । उद्धारमा परेका सबै जना बुटवलका हुन् ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार गणेशप्रसाद पोखरेल, सुमन गैरेसहित अन्य चार जना गायत्री, उत्सव, सागर र बुद्धी नेपाल फर्किएका हुन् । इरान–इजरायल युद्धमा अमेरिकी तथा कतारी पहलमा युद्धविराम भएपछि उनीहरू दिल्ली हुँदै नेपाल फर्किएका हुन् ।

