अर्घाखाँची ।
अर्घाखाँचीमा हाईस दुर्घटना हुदा ६ जना घाईते भएका छन् ।
दाङबाट सुपादेउराली मन्दिर दर्शन गर्न आउदै गरेको बा २ ख ९८४२ नम्बरको हाईस गोरूसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा २ तिरितरेमा अनियन्त्रित भई सडकमै पल्टिदा ६ जना घाईते भएका हुन् । घाईतेहरूको ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोली र स्थानियबासिन्दाले उद्दार गरि ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाईएको छ ।
घाईतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।