अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले विदेशमा रहेर पनि देशको सरोकारमा बोल्न नछाड्न युवाहरुलाई आह्वान गरेका छन्।
विदेशी विचारधाराका अगुवाहरूको पूजा गर्ने तर आफ्नै देशका समस्यामा आवाज उठाउने युवालाई थर्काउने प्रवृत्ति प्रति असन्तुष्टि जनाउँदै उनले भने,
“रसियामा जन्मिएका लेनिनलाई पुज्छन्, जर्मनीमा जन्मिएका मार्क्सलाई आदर्श मान्छन्, चीनमा जन्मिएको माओको पूजा गर्छन्। तर, बाध्यताले विदेशिएका नेपाली युवाले देशको बारेमा बोलेको सहन सक्दैनन्।”
भुसालले यस्ता सोचविरुद्ध खुला रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै युवाहरुलाई आव्हान गरे उनले भने
“बोलौँ युवा हो, बोलौँ! जहाँ छौं त्यहींबाट लुटतन्त्रविरुद्ध बोलौँ!”
सामाजिक सञ्जालमा पोस्ट गरेको उनको अभिव्यक्ति व्यापक रूपले साझा भइरहेको छ।