काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न भएको छ। काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो।
एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन गरिएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले निर्वाचनमा सघाउने सबैलाई धन्यवाद समेत दिए।
नवनिर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ :
अध्यक्ष : महेशकुमार श्रेष्ठ
उपाध्यक्ष (६ जना) :
सुनिल कुमार साह
बुद्धिसागर सुवेदी
खगेन्द्र न्यौपाने
लोकप्रसाद दाहाल
मनोज कुमार श्रेष्ठ (गोर्खाली)
विश्वास दीप लिम्बु (तिगेला)
उपाध्यक्ष (महिला) : जुनु गुरुङ
महासचिव : बाबुराम (बीआर) लामा
सचिव (३ जना) :
चिन्तामणि सापकोटा
टङ्कप्रसाद गैरे
तिलकप्रसाद गैरे
सचिव (महिला) : देवकी खत्री गुरुङ
कोषाध्यक्ष : ठाकुरप्रसाद ढुङ्गाना
सह–कोषाध्यक्ष : कृष्णप्रसाद पोखरेल
महिला संयोजक : रश्मि थापा
युवा संयोजक : भीमसेन थापा
क्षेत्रीय संयोजकहरू :
एसिया–प्रशान्त : डा. बलराम श्रेष्ठ
युरोप : प्रेमबहादुर गुरुङ
मध्यपूर्व : रमेश श्रेष्ठ
उत्तर–दक्षिण अमेरिका : डिलुराम पराजुली
ओसियाना : इर्सद अहमद
क्षेत्रीय उपसंयोजकहरू :
एसिया–प्रशान्त (२ जना) : माधव पोखरेल र मीमबहादुर पुर्जा
मध्यपूर्व (२ जना) : सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई
उत्तर–दक्षिण अमेरिका (२ जना) : विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री
ओसियाना (२ जना) : रामप्रसाद कँडेल र प्रताप राना
निर्वाचन समितिले महाधिवेशन स्थलमै आइतबार एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ।