काठमाडौं ।
रौतहटको राजपुर नगरपालिका–३ की ३० वर्षीया गुलनाज खातुनको मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
आज दिउँसो सुत्ने कोठामा चार्ज गर्दै गर्दा करेन्ट लागेपछि गम्भीर घाइते भएकी खातुनलाई अस्पताल लगिएको थियो।
प्रादेशिक अस्पताल गौरमा साँझ ५ बजे मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।