Author: नेपाल राज्य

अर्घाखाँची, असार १४ । नेपालको लोकतान्त्रिक आन्दोलनका महान व्यक्तित्व जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा अर्घाखाँचीमा भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीद्वारा आयोजित “जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन” विषयक उक्त कार्यक्रमले भण्डारीको योगदानलाई स्मरण गर्नुका साथै लोकतन्त्र सुदृढिकरणमा सबैको साझा जिम्मेवारीको महत्वलाई उजागर गरेको छ। फाउन्डेशनका संयोजक श्रीकृष्ण भुसालको अध्यक्षता तथा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य जनार्दन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका नेता, बुद्धिजीवी, पत्रकार, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा जननेता भण्डारीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बरिष्ठ कम्युनिष्ट नेत्र ढुंगाना,…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको विस्तारित बैठक आज जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ। बैठकले महत्वपूर्ण राजनीतिक तथा सामाजिक कार्यक्रमहरु तय गर्दै आगामी दिनका गतिविधिहरू सार्वजनिक गरेको छ। बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तीमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधविरुद्ध जिल्लामा सशक्त जनहस्ताक्षर अभियान निरन्तर सञ्चालन गरिएको उल्लेख छ। साथै, यस अभियानमा सक्रिय रूपमा सहभागी भइरहेका सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद व्यक्त गरिएको छ। हस्ताक्षर अभियानको कार्यक्रम यस प्रकार रहनेछ: शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सबै वडामा आगामी असार १६ गतेदेखि हस्ताक्षर डेस्क सञ्चालन हुने छ। यसका लागि सम्बन्धित पालिका समितिले आवश्यक समन्वय गर्नेछ। सन्धिखर्क नगरपालिका, भूमिकास्थान…

Read More

गुल्मी । गुल्मी जिल्लामा करेण्ट लागेर एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरेको करेण्ट लागेर मृत्यु भएको हो। प्रहरी नायब उपरिक्षक एवं जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार धुर्कोट गाउँपालिका–७ अन्तर्गत द्वानेटामा रहेको राष्ट्रिय प्रशारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा आज बिहान घिमिरेलाई करेण्ट लागेको थियो। गम्भीर घाइते भएका घिमिरेको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको प्रहरी नायब उपरिक्षक सारुले बताए। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

केशव पन्थी -अर्घाखाँची, असार १४ । पारिवारिक निजी वन संघको आयोजनामा अर्घाखाँचीमा जनवायु उत्थानशीलता तथा निजी वनको क्षमता अभिवृद्धि विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला रहनुभएको थियो। कार्यक्रममा पारिवारिक निजी वनका केन्द्रिय अध्यक्ष जोगराजले गोष्ठीको उद्देश्य, कार्ययोजना तथा पारिवारिक वनको महत्वबारे जानकारी दिनुभएको थियो। गोष्ठीमा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल, निजी वन लुम्बिनी प्रदेश सदस्य जगत प्रसाद भुसाल, रूपा प्रधान, रामचन्द्र पोखरेल, जिल्ला सचिव सीता पन्थी, र जिल्ला सदस्य सुमित्रा…

Read More

नवीन केसी-अर्घाखाँची, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को सार्वजनिक नतिजाअनुसार अर्घाखाँची जिल्लाका सामुदायिक विद्यालयहरूमा मालारानी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख विष्णु बेल्बासे अनुसार मालारानी गाउँपालिकाबाट ५१३ जना विद्यार्थी सहभागी भएकोमा ३६४ जना उत्तीर्ण भई ७०.९६ प्रतिशत सफलता हासिल भएको हो। अन्य पालिकाहरूको नतिजा यसप्रकार छ: सन्धिखर्क नगरपालिका (सामुदायिक): ६५.३०% पाणिनी गाउँपालिका: ६५.६% भूमिकास्थान नगरपालिका: ५४.१९% छत्रदेव गाउँपालिका सामुदायिक: ४९.२% संस्थागत: ८५% शितगंगा नगरपालिका: ४०.२२% संस्थागत विद्यालयहरूतर्फ जिल्लाभर उच्च सफलता दर देखिएको छ। सन्धिखर्क नगरपालिकाका संस्थागत विद्यालयमा ९९.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

Read More

केशव पन्थी-अर्घाखाँची, छत्रदेव । पछिल्लो समय सुधारको क्रममा रहेको छत्रदेव गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मिश्रित तर आशालाग्दो नतिजा आएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरू बीच प्रतिस्पर्धात्मक नतिजा देखिँदा गाउँपालिकाको शैक्षिक भविष्यप्रति आशावाद बढेको छ। छत्रदेव–४ स्थित शारदा माध्यमिक विद्यालयले यसपालि उत्कृष्ट प्रगति गर्दै २५ जना सहभागीमध्ये १८ जनालाई सफल बनाएको छ। सोही विद्यालयका दुई छात्राले ३.७९ ग्रेड ल्याई विद्यालयको गौरव बढाएका छन्। त्यस्तै, छत्रदेव–७ को सरस्वती माध्यमिक विद्यालयबाट ३७ मध्ये २५ जना विद्यार्थीले सफलता हात पार्दा विद्यालय परिवारमा खुसी छाएको छ। साथै, नेपाल राष्ट्रिय मावि, छत्रदेव–६ बाट ५१ जना सहभागीमध्ये २७ जना उत्तीर्ण भएका…

Read More

गुल्मी । गुल्मीमा यस वर्षको एसईई परीक्षामा जम्मा ३ जनाले मात्र फोर जिपिए (४.०० GPA) ल्याउन सफल भएका छन्। ऊनी तीनै जना विद्यार्थी भण्डारी थरका हुन्। फोर जिपिए ल्याउने विद्यार्थीहरू मध्ये सत्यवती गाउँपालिका–५ को सत्यवती मावि हसराका अर्जुन भण्डारी र सिर्जित भण्डारी छन् भने चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माविका निशान भण्डारी हुन्। यस पटक जिल्लामा नियमित तहमा ३५११ जना परीक्षार्थीमध्ये २४०५ जना अर्थात् ६९ प्रतिशत उत्तीर्ण भएका छन्। प्राविधिक धारतर्फ ३३२ जना सहभागीमध्ये १८० जना अर्थात् ५४ प्रतिशत उत्तीर्ण भएका छन्।

Read More

अर्घाखाँची,असार १४ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा अर्घाखाँची जिल्ला देखि दुई विद्यालयले प्रशंसनीय सफलता हात पारेको छ। सन्धिखर्क–२ स्थित श्री सन्धिखर्क ग्रीन इङ्ग्लिश बोर्डिङ स्कुल र सन्धिखर्क–१ स्थित श्री युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालयले पूर्ण ग्रेड प्राप्त गर्दै जिल्लामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन्। सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुलले जिल्लामै निजी विद्यालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएको छ । ४२ जना विद्यार्थी सहभागी भएकोमा सबैजना उत्तीर्ण भएका छन भने बिक्रम सारु मगरले ४ जिपिए प्राप्त गर्दै जिल्ला र विद्यालयको गौरव बढाएको विद्यालयका सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिए । यसैगरी सामुदायिक विद्यालयतर्फ युवावर्ष जनता…

Read More

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ३.६ देखि ४.० जीपीए ल्याउने विशिष्ट श्रेणीका विद्यार्थीको संख्या ४८ हजार १७७ जना पुगेका छन्। गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरिबाट करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्षको नतिजामा समग्र ग्रेडिङ प्रतिशत अघिल्ला वर्षहरुकै हाराहारीमा रहेको छ। एसईई नतिजा शिक्षा मन्त्रालयको आधिकारिक वेबसाइट, विभिन्न एसएमएस तथा मोबाइल एपमार्फत पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ। बोर्डले विद्यार्थीहरुलाई नतिजाको आधारमा भविष्यको अध्ययन योजना बनाउन आग्रह…

Read More

अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी अर्घाखाँचीले हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको सन्देश फैलाउने तथा मदन भण्डारीको ७४ औं जन्म जयन्तिको अवसरमा भोलि वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ। असार १४ गते शनिबार बिहान ११ बजे सन्धिखर्क नगरपालिका–१० स्थित निर्माणाधीन एयरपोर्ट आसपासको ग्रिन पार्क क्षेत्रलाई हराभरा बनाउने लक्ष्यसहित वृक्षारोपण गरिने जिल्ला अध्यक्ष मित्रमणि मिश्रले जानकारी दिए। यस अभियानमा फेडेरेसनका सम्पूर्ण सदस्य, स्थानीयवासी तथा सरोकारवालाको उपस्थिति रहनेछ।जननेता भण्डारीको योगदान र स्मृतिलाई जीवन्त राख्न यस प्रकारको कार्यक्रम राखिएको हो। सहभागी भई वातावरण संरक्षणमा योगदान पुराउन जिल्ला सचिव विष्णु भुसालले सबैमा आग्रह गरेका छन्। “रिटर्कीको ज्ञान, सीप, पूँजी र जाँगर-समृद्ध नेपाल निर्माणको…

Read More