नवीन केसी-अर्घाखाँची, असार १४ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को सार्वजनिक नतिजाअनुसार अर्घाखाँची जिल्लाका सामुदायिक विद्यालयहरूमा मालारानी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख विष्णु बेल्बासे अनुसार मालारानी गाउँपालिकाबाट ५१३ जना विद्यार्थी सहभागी भएकोमा ३६४ जना उत्तीर्ण भई ७०.९६ प्रतिशत सफलता हासिल भएको हो।
अन्य पालिकाहरूको नतिजा यसप्रकार छ:
सन्धिखर्क नगरपालिका (सामुदायिक): ६५.३०%
पाणिनी गाउँपालिका: ६५.६%
भूमिकास्थान नगरपालिका: ५४.१९%
छत्रदेव गाउँपालिका
सामुदायिक: ४९.२%
संस्थागत: ८५%
शितगंगा नगरपालिका: ४०.२२%
संस्थागत विद्यालयहरूतर्फ जिल्लाभर उच्च सफलता दर देखिएको छ। सन्धिखर्क नगरपालिकाका संस्थागत विद्यालयमा ९९.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।