Author: नेपाल राज्य

काठमाडौं, असार १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद पुष्पा भुसाल गौतमले नागरिकता विधेयकलाई स्वागत गर्दै त्यसभित्र रहेका विभेदकारी प्रावधानहरू तत्काल संशोधन हुनुपर्ने माग गरेकी छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेतृ भुसालले नागरिकता जस्तो संवेदनशील विषयमा सबै नेपालीलाई समान व्यवहार गर्नुपर्ने बताउँदै विभेदकारी प्रावधानले समस्या उत्पन्न गर्ने भएकाले त्यसलाई सच्याउन आग्रह गरिन् । त्यस अवसरमा उनले नेपाल महिला संघको आसन्न निर्वाचन सबैको सहमतिमा सम्पन्न गरिनुपर्ने बताउँदै संस्थामा एकता र समावेशी सहभागिता आवश्यक रहेको बताइन् । त्यसैगरी भुसालले पछिल्लो समय भएका उपनिर्वाचनतर्फ संकेत गर्दै उम्मेदवारले पार्टीलाई…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र श्री सुपादेउराली मन्दिर क्षेत्रमा केबुलकार सञ्चालन हुने भएको छ। सन्धिखर्क नगरपालिका वडा नं. ७ मा अवस्थित सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म बटम र टप स्टेसन राखेर केबुलकार सञ्चालन गर्न सन्धिखर्क नगरपालिकाले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा सिफारिस गरेको छ। पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासलाई ध्यानमा राख्दै असार १३ गते बसेको नगर कार्यपालिका बैठकले श्री सुपादेउराली केबुलकार प्रा.लि.लाई उद्योग दर्ताको लागि सिफारिस गर्ने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले चुनावी प्रतिबद्धता अनुसार एकवर्ष भित्र निर्माण सम्पन्न गर्ने तरिकाले कार्य तिव्ररुपमा अगाडि बढाएका हुन् । प्रमुख श्रेष्ठले भने,…

Read More

शोभाखर पन्थी-अर्घाखाँची, असार १६ । नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीलाई मातृ शोक परेको छ । उहाँ की आमा भिमकुमारी रायमाझीको आज ६८ बर्षको उमेरमा निधन भएको हो । उहाँ १ बर्ष देखी क्यान्सर रोग बाट पिडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै सन्धिखर्क-२ स्थित रुब्दी घाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी हिन्दु परम्परा अनुसार दाहासंस्कार गरिएको छ । दिवंगत रायमाझीलाई नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँको पार्थिव शरीरमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद जनार्दन खनाल,एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बि.क.किशोर,माओवादी…

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकले पार्टीको आगामी रणनीति तथा सङ्गठन सुदृढीकरणबारे निर्णय लिनेछ। प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा गठबन्धन सरकारको काम कारबाही, भ्रातृ संस्थाको अवस्था, पार्टीको सक्रिय सदस्यता वितरण तथा नवीकरण लगायतका विषयमा छलफल हुनेछ।

Read More

बुटवल । ‘आजको बिरुवा, भोलिको भरोसा’ नारासहित पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, केन्द्रीय प्रवक्ता विनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारी लगायतको उपस्थिति थियो। साथै, पाणीनी उद्यान पार्कका सचिव यमप्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, सल्लाहकार गंगाधर न्यौपाने तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रह्यो। कार्यक्रमको सञ्चालन शाखा सचिव रुद्र प्रसाद गरेका थिए। कार्यक्रम उत्साहजनक सम्पन्न भएको सचिव खनालले जानकारी दिएका हुन ।

Read More

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले जुत्ता, चप्पल लगाएर हिलो टार्ने प्रवृत्ति बढेको भन्दै यस्तो सोच त्याग्नुपर्ने बताए । उनले अनुसन्धान र सुधारमार्फत धान उत्पादन बढाउन सके आत्मनिर्भरता सम्भव हुने बताए । मलको व्यवस्थापनमा सरकार सक्षम रहेको भन्दै असार–साउनमा मल अभाव नहुने आश्वासन दिए । किसानको माग सम्बोधनमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले दुई वर्षभित्र धानमा आत्मनिर्भरता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Read More

अर्घाखाँची -असार १५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा सम्पूर्ण कृषक, विज्ञ र कृषि क्षेत्रमा योगदान दिने सबैप्रति शुभकामना व्यक्त गरेका छन्। आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा २०६१ सालदेखि मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस दिवसले कृषिको महत्व जनमानसमा थप गहिरो बनाएको बताए। ‘धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाइँदै गरिएको यस वर्षको धान दिवस हालको परिप्रेक्ष्यमा निकै सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाइ छ। उनले नेपालको संविधानले नागरिकलाई सुनिश्चित गरेको खाद्य अधिकार प्राप्त गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको औंल्याए। उन्नत…

Read More

मालारानी गाउँपालिकाको अनुरोध – जन्म, मृत्यु, बसाइसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत       घटना ३५ दिनभित्रै स्थायी बसाइ गरिरहेको वडा कार्यालयमा गई दर्ता गरौं – सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको श्रावण महिना देखि भदौं मसान्तभित्र वडा कार्यालयमा गई अनिवार्य रुपमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरौं – लैंगिक विभेद सामाजिक असमानता, लैंगिक हिंसा, बालविवाह र बहुविवाह तथा जातीय छुवाछुत जस्ता कु–प्रथाका अन्त्य गरौं – कुनैपनि व्यावसाय दर्ता गरेर मात्रै सञ्चालन गरौं – आधुनिक कृषि प्रणाली अपनाई व्यवसायीक तथा उत्पादनशील कृषक बनौं – स्थानीय स्वास्थ्य संस्थाबाट प्राप्त हुने अधिकारत स्वास्थ्य सेवाको उपयोग गरौं – सबै बालवालिकाहरुलाई विद्यालय पठाऔं,…

Read More

अर्घाखाँची । कडा परिश्रम, आत्मविश्वास र परिवारको निरन्तर समर्थनले जब मिलेर एकसाथ उकालो चढ्छ, तब सपनाले पनि गगन छुन्छ। यही उदाहरण बनेकी छन् अर्घाखाँचीकी होनहार छात्रा पुर्णिमा खनाल। युवा वर्ष जनता रविचित्र माध्यमिक विद्यालय, सन्धिखर्क–१ हटारीनेटा बाट एसईई २०८१ को नतिजामा उनले ३.९६ जिपिए ल्याएर जिल्लाभरका सामुदायिक विद्यालयतर्फ छात्रा समूहमै प्रथम बन्न सफल भएको दाबी गरेकी हुन। यो सफलता उनको मात्र होइन, उनका परिवार, विद्यालय र सम्पूर्ण जिल्लाका लागि गौरवको विषय बनेको छ। भविष्यमा साइन्स विषय लिएर अझै अगाडि बढ्ने अठोट लिएकी पुर्णिमाले आफ्नो सानो उमेरमै ठूलै सपना देखेकी छन्। मेडिकल फिल्ड बाट डाक्टर हुने इच्छा रहेको छ । उनले…

Read More

शोभाखर पन्थी- अर्घाखाँची,असार १४ । नेकपा एमालेका नेताहरुले नेकपा एमालेलाई फुटाउने षडयन्त्र किमार्थ स्वीकार्य नहुने बताएका छन् । ७४ औं मदन जयन्तिको अवसरमा रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची द्वारा आयोजित वृक्षरोपण तथा प्रवचन कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले प्रतिगामी दलालहरुले पटक पटक नेकपा एमालेलाई निशाना बनाएर विभाजन गरेको स्मरण गराए । उनिहरुले नेकपा एमाले मुलुकमा बलियो शक्तिको रुपमा स्थापित भएमात्र राष्ट्रिय स्वाधिनता,बिकास र समृद्धिले सार्थकता पाउने भन्दै अझै एकताबद्ध भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले नेकपा एमालेलाई समाप्त पार्छु भन्नेहरु आफै समाप्त भएर जाने बताउनु भयो । नेकपा एमालेलाई एकताबद्ध,सुदृढ…

Read More