बुटवल ।
‘आजको बिरुवा, भोलिको भरोसा’ नारासहित पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, केन्द्रीय प्रवक्ता विनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारी लगायतको उपस्थिति थियो।
साथै, पाणीनी उद्यान पार्कका सचिव यमप्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, सल्लाहकार गंगाधर न्यौपाने तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रह्यो। कार्यक्रमको सञ्चालन शाखा सचिव रुद्र प्रसाद गरेका थिए। कार्यक्रम उत्साहजनक सम्पन्न भएको सचिव खनालले जानकारी दिएका हुन ।