Author: नेपाल राज्य

अर्घाखाँची । अर्घाखाँचीकी लोकप्रीय गायिका जमुना सनमको नयाँ तीज गीत “पैसा कमा केटी” सार्वजनिक भएको छ। तीजलाई लक्षित गर्दै तयार पारिएको उक्त म्युजिक भिडियो जमुना सनम युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो। गीतमा पैसा र त्यसको प्रभावलाई व्यङ्ग्यात्मक ढङ्गमा प्रस्तुत गरिएको छ। “पैसाले चोली फेर्ने देखि बोलि फेर्ने, घर किन्नेदेखि घर छोडी हिड्ने” “पैसा केही होइन भन्नेहरू,पैसा बिना केही गर्न सक्दैनन्। र सम्बन्ध केही हो भन्नेहरू,पैसामा तिनै सम्बन्ध बेचिदिन्छन्। घर गाडी किन्ने पैसाले,सपना त पुरा भए होला, तर घरमै बस्ने आत्मियता हरायो, पैसा कमायौं, तर आफन्त माया गुमायौं। ” जस्ता दमदार शब्दहरूले अहिलेको सामाजिक यथार्थ झल्काएका छन्। गीतमा राजु सुनामको…

Read More

काठमाडौं । पूर्वगृहमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ र एकीकृत समाजवादीबीच राजनीतिक, सैद्धान्तिक र कार्यक्रमगत एकरुपता रहेको भन्दै एकता सहमति भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। एकता घोषणा साउन २ गते राष्ट्रिय सभागृहमा गरिनेछ। एमालेले फर्कन वातावरण नबनाएपछि गौतम समाजवादीतर्फ लागेका हुन्। संयुक्त विज्ञप्ति:

Read More

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको ८८ वर्षको उमेरमा ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको छ। रोल्पाका घर्ती मगर विभिन्न प्रधानमन्त्रीहरूको कार्यकालमा मन्त्री भएका थिए। पञ्चायतकालदेखि सक्रिय रहेका घर्ती मगर प्रधानपञ्चदेखि राजपरिषद् सदस्यसम्म भएका थिए। २०४७ सालमा सूर्यबहादुर थापासँग मिलेर राप्रपा स्थापना गरेका उनी पार्टीका वरिष्ठ नेता थिए। राप्रपाले उनको निधनले पार्टीले अभिभावक गुमाएको जनाएको छ। सात छोरीमध्ये एक छोरीबाहेक सबै विदेशमा रहेकाले अन्त्येष्टि उनीहरू फर्किएपछि गरिने पारिवारिक स्रोतले जनाएको छ।

Read More

अर्घाखाँची । अर्घाखाँचीका वनमा खेर जाने पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादन गर्न सुरु गरिएको छ । शितगंगा नगरपालिका–१४ पावर सामुदायिक वनको जंगलमा पुगेर बुधबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले पातपतिङ्गरबाट मल बनाउने कार्यको शुभारम्भ गरेका हुन् । सरकारले रासायनिक मल किन्न बर्सेनि अर्बौँ रुपैयाँ छुट्याउँछ । सरकारले कृषि बजेटको उल्लेख्य रकम मलकै लागि विनियोजन गर्छ तर पनि किसानले समयमै मल भने पाउँदैनन् । कृषि वैज्ञानिकहरूले रासायनिक मलभन्दा पनि प्रांगारिक मल उत्पादनमा जोड दिँदै आएका छन् । यहाँका पावर, बुद्ध, चारपोखरी, देउराली र वाणगंगा सामुदायिक वनका उपभोक्ताले हिउँदभर पातपतिङ्गर बटुलेर जम्मा गरेका थिए । मन्त्री कलवारले यो नौलो अभ्यास…

Read More

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोट अन्तर्गत बरल्वा क्षेत्रमा खसेको भीषण पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसिरहेको छ र पहिरो रोकिएको छैन। स्थिति नियन्त्रणमा ल्याउने प्रयासस्वरूप प्रहरी चौकी भुर्तुङबाट टोली घटनास्थलतर्फ पठाइएको भए पनि तत्काल सडक खुलाउने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। यसै क्रममा, जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी तथा खोला किनारमा बसोबास गरिरहेका स्थानीय बासिन्दालाई बाढी तथा पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।

Read More

काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी ११औं महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने चाहना व्यक्त गरेकी छन्। एउटा कार्यक्रममा उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव र समर्थनमा नेतृत्व लिन खोजेको स्पष्ट पार्दै, ओली तयार नभए प्रतिस्पर्धामा जान आफू तयार रहेको बताइन्। ओली दुई कार्यकाल अध्यक्ष भइसकेको र ‘एउटै कक्षामा जाँच दोहोर्‍याउँदिन’ भन्ने सोच भएकाले आफूले अवसर पाउने विश्वास व्यक्त गरिन्। भण्डारीले लोकतान्त्रिक प्रक्रियाअनुसार सहमतिको प्रयास प्राथमिकता भएको तर सम्भव नभए प्रतिस्पर्धालाई स्वाभाविक मान्ने धारणा राखिन्। उनले आफू पार्टी अध्यक्ष हुँदै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसरका लागि पनि खुला रहेको बताइन्।

Read More

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१२, डिभर्ना बार्सखर्कमा पारिवारिक विवादले भीषण रूप लिएपछि एक बुवाले ज्यान गुमाएका छन्। बुधबार दिउँसो ७० वर्षीय जंगबहादुर नेपालीलाई उनका छोरा, ४० वर्षीय झुपे नेपालीले घरमै दाउराले प्रहार गरी हत्या गरेका हुन्। झगडाका क्रममा रीसले मातिएका झुपेले कुटपिट गर्दै बुवाको टाउकोमा दाउराले प्रहार गरेका थिए। घटनापछि शवलाई मलको थुप्रो भित्र लुकाउने प्रयास गरिएको बताइएको छ। मदिराको लतले ग्रस्त झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए। घटनापछि फरार रहेका झुपेलाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले विदेशमा रहेर पनि देशको सरोकारमा बोल्न नछाड्न युवाहरुलाई आह्वान गरेका छन्। विदेशी विचारधाराका अगुवाहरूको पूजा गर्ने तर आफ्नै देशका समस्यामा आवाज उठाउने युवालाई थर्काउने प्रवृत्ति प्रति असन्तुष्टि जनाउँदै उनले भने, “रसियामा जन्मिएका लेनिनलाई पुज्छन्, जर्मनीमा जन्मिएका मार्क्सलाई आदर्श मान्छन्, चीनमा जन्मिएको माओको पूजा गर्छन्। तर, बाध्यताले विदेशिएका नेपाली युवाले देशको बारेमा बोलेको सहन सक्दैनन्।” भुसालले यस्ता सोचविरुद्ध खुला रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै युवाहरुलाई आव्हान गरे उनले भने “बोलौँ युवा हो, बोलौँ! जहाँ छौं त्यहींबाट लुटतन्त्रविरुद्ध बोलौँ!” सामाजिक सञ्जालमा पोस्ट गरेको उनको अभिव्यक्ति व्यापक रूपले साझा भइरहेको छ।

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले विदेशमा रहेर पनि देशको सरोकारमा बोल्न नछाड्न युवाहरुलाई आह्वान गरेका छन्। विदेशी विचारधाराका अगुवाहरूको पूजा गर्ने तर आफ्नै देशका समस्यामा आवाज उठाउने युवालाई थर्काउने प्रवृत्ति प्रति असन्तुष्टि जनाउँदै उनले भने, “रसियामा जन्मिएका लेनिनलाई पुज्छन्, जर्मनीमा जन्मिएका मार्क्सलाई आदर्श मान्छन्, चीनमा जन्मिएको माओको पूजा गर्छन्। तर, बाध्यताले विदेशिएका नेपाली युवाले देशको बारेमा बोलेको सहन सक्दैनन्।” भुसालले यस्ता सोचविरुद्ध खुला रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै युवाहरुलाई आव्हान गरे उनले भने “बोलौँ युवा हो, बोलौँ! जहाँ छौं त्यहींबाट लुटतन्त्रविरुद्ध बोलौँ!” सामाजिक सञ्जालमा पोस्ट गरेको उनको अभिव्यक्ति व्यापक रूपले साझा भइरहेको छ।

Read More

बुद्ध सामुदायिक वनको सुचना रुख रोपौं, हरियाली बढाऔं खाना पकाइसकेकपछि आगो, ग्यास चुल्हो वा हिटर निभाइहालौं सलाई लाइटर जस्ता आगो सल्काउने चिज, मट्टितेल, डिजल, पेट्रोल जस्ता अति प्रज्वलनशिल पदार्थहरु बालवालिकाको पहुच भन्दा टाढा राखौं र बयस्क व्यक्तिहरुले समेत सावधानीपूर्वक प्रयोग गरौं गोठमा, बारीमा वा अन्य ठाउमा कुँडो पकाइसकेपछि राम्ररी पानी हालेर आगो निभाउने गरौं खेतबारी, जंगलमा अनावश्यक रुपमा आगो लगाउने, आगो लगाएर छाड्ने काम नगरौं र आफ्नो वरपर पनि कसैलाई नर्गन दिऔं । आगलागी जोखिम रहेका घर, बस्ती नजिकै पोखरी, ट्यांकी वा अन्य कुनै तरिकाले पानीको जोहो गरि राखौं, स्याउला, माटो, बालुवा थुपारेर राखौं । चुरोट, बिडी, तमाखु, सुल्फा,…

Read More