बुद्ध सामुदायिक वनको सुचना
- रुख रोपौं, हरियाली बढाऔं
- खाना पकाइसकेकपछि आगो, ग्यास चुल्हो वा हिटर निभाइहालौं
- सलाई लाइटर जस्ता आगो सल्काउने चिज, मट्टितेल, डिजल, पेट्रोल जस्ता अति प्रज्वलनशिल पदार्थहरु बालवालिकाको पहुच भन्दा टाढा राखौं र बयस्क व्यक्तिहरुले समेत सावधानीपूर्वक प्रयोग गरौं गोठमा, बारीमा वा अन्य ठाउमा कुँडो पकाइसकेपछि राम्ररी पानी हालेर आगो निभाउने गरौं खेतबारी, जंगलमा अनावश्यक रुपमा आगो लगाउने, आगो लगाएर छाड्ने काम नगरौं र आफ्नो वरपर पनि कसैलाई नर्गन दिऔं ।
- आगलागी जोखिम रहेका घर, बस्ती नजिकै पोखरी, ट्यांकी वा अन्य कुनै तरिकाले पानीको जोहो गरि राखौं, स्याउला, माटो, बालुवा थुपारेर राखौं ।
- चुरोट, बिडी, तमाखु, सुल्फा, चिलिम जस्ता धुम्रपानजन्य वस्तुहरु स्वास्थ्यका लागि हानिकारक हुनुका साथै आगलागीको मुख्य कारण पनि हुन त्यसैले यस्ता वस्तुहरु नखाऔं ।
- यदी खाइहाले पनि यसको आगो राम्रोसग निभाऔं विजुलीको तार, स्विच, प्लग तथा वाइरिङ ठीक अवस्थामा छन्–छैनन् नियमित जाँच गरौं ।
- ठीक अवस्थामा नभए आवश्यक मर्मतसम्भार गरौं र सम्भावित जोखिम न्यूननिकरण गरौं । वन जंगलमा डढेलो लाग्नबाट जोगाऔं ।
- वनलाई सधै संरक्षण गरौं, हरियालाी बनाऔं आगो लागेको थाहा पाउने बित्तिकै छरछिमेकलाई गुहार लगाउने र सहयोग माग्ने
अनुरोध
बुद्ध सामुदायिक वन उपभोक्ता समूह
शितगंगा नगरपालिका वडा नम्बर १४ अर्घाखाँची