काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको ८८ वर्षको उमेरमा ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको छ। रोल्पाका घर्ती मगर विभिन्न प्रधानमन्त्रीहरूको कार्यकालमा मन्त्री भएका थिए।
पञ्चायतकालदेखि सक्रिय रहेका घर्ती मगर प्रधानपञ्चदेखि राजपरिषद् सदस्यसम्म भएका थिए। २०४७ सालमा सूर्यबहादुर थापासँग मिलेर राप्रपा स्थापना गरेका उनी पार्टीका वरिष्ठ नेता थिए।
राप्रपाले उनको निधनले पार्टीले अभिभावक गुमाएको जनाएको छ। सात छोरीमध्ये एक छोरीबाहेक सबै विदेशमा रहेकाले अन्त्येष्टि उनीहरू फर्किएपछि गरिने पारिवारिक स्रोतले जनाएको छ।

