काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै सम्पन्न एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकबारे टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन्, ‘ओली र प्रचण्डका ‘कम्युनिस्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आयो–बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!’
बरु ओली अलि बढी खुला र प्रष्ट भएको तर प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी भट्टराईले गरेका छन् । ‘खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase–mongering0) को प्रयोगमा ! बाघ खक ब्वाँसो ? नेपाल र रुसको नियति फरक होला ?’ उनले लेखेका छन् ।