नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसाल गौतमले प्राप्त राजनीति उपलब्धीलाई बचाउनको लागि वाम लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा जानु राष्ट्रिय आवश्यक्ता भएको बताइन । उनले लोकतान्त्रिक उपलब्धीलाई बचाएर देशको विकास गर्न गठबन्धनका उम्मेदवारले देशभर विजयी हुनुपर्ने दावी गरिन ।
‘गठबन्धनले जित्नुपर्ने मुख्य उद्देश्य समावेशी अधिकारको रक्षा, संविधान बचाउन र मुलकुको समृद्ध बनाउन हो,’ रिपोर्टस क्लवले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले भनिन, ‘देशभर गठबन्धनको जित सुनिश्चित जस्तै छ ।’ गठबन्धनले नजिते संविधान, उपलब्धीको रक्षा हुन नसक्ने र देशमा भ्रष्टाचार मौलाउने उनको तर्क छ । राजनीति उपलब्ध बचाएर अब मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्ने भुसालले बताइन ।
अर्घाखाँचीमा विकासका प्रशस्त संभावना रहेको बताइन । अब युवालाई स्वरोजगार बनाउन कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायत आवश्यक्ताको आधारमा जिल्लाको विकास र समृद्धिका काम योजनाबद्ध ढंगले गर्ने बताइन ।
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, माओवादीबाट प्रदेशसभा (क) का उम्मेदवार ठाकुरकुमार विक, कांग्रेसबाट प्रदेशसभा (ख) का उम्मेदवार कमल भुसाल, समानुपातिक उम्मेदवार लोकेन्द्र विश्वकर्माले अर्घाखाँचीलाई भ्रष्टचार मुक्त जिल्ला बनाएर विकास र समृद्धिका काम गर्न गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे । कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता र रुद्रमणी भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।