नेेेपाल राज्य संवाददाता
अर्घाखाँची– संघीय संसदकी उपसुभामुख पुष्पा भुसाल गौतमले मंसिर ४ गते हुने संसदीय चुनावमा अर्घाखाँचीबाट चुनाव लडेर जिल्लाको विकास र जनताको सेवा गर्ने बताएकी छिन् । उनले अर्घाखाँची प्रतिनिधिसभा सदस्यमा आफु चुनाव लड्ने बताइन । उपसभामुख भएपछि जिल्लाका छ वटै पालिकामा घुमेर काठमाडौ फर्केकी भुसालले गाउँ घुम्दा स्थानीयले चुनावमा जितको शुभकामना दिएपछि उनी उत्साहित छिन् ।
‘यसपाली म प्रत्यक्ष चुनाव लडेर जित्छु,’ उनले भनिन, ‘चुनाव जितेर सांसद बनेपछि अर्घाखाँचीमा अर्थपूर्ण विकास गर्छु । जनताको सेवा खटिन्छु ।’ २०६४ मा तत्कालिन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेर सांसद बनेकी भुसाल दुई पटक समानुपातिक सांसद बनिन् । संविधान निर्माणमा विभिन्न समितिमा बसेर उल्लेख्य भुमिका खेलेकी भुसाललाई ५ दलीय गठबन्धनको साथ रहनेछ । गठबन्धनको भागवण्डामा अर्घाखाँची कांग्रेसलाई पर्ने र महिला नेतृ, समावेशी र उपसभामुख भएकाले कांग्रेसबाट अरु उम्मेदवारको लागि सिफारिस भएपनि भुसाल नै उम्मेदवार हुने संभावना छ ।