Author: नेपाल राज्य

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै १० जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए। नेविसंघले विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेको छ।

Read More

काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै विपद् व्यवस्थापन र उद्धार कार्यमा सक्रिय रहन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो। हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।” रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न…

Read More

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इञ्चार्ज ठाकुरकुमार विक ‘किशोर’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको कुर्सीसम्म पुर्‍याउने ऐतिहासिक भूमिकामा माओवादी केन्द्र रहेको दाबी गरेका छन्। नेता किशोरले भने “यो पार्टी जनताको सपना, जनताको सम्मान र समानताको लागि लडेको पार्टी हो। यहाँ जनताका छोराछोरी राष्ट्रपतिको कुर्सीमा पुगे, उपराष्ट्रपति बने, सभामुख-उपसभामुख बने, मन्त्री बने-त्यो सहज थिएन माओवादी आन्दोलनको बलिदानबाट सम्भव भएको हो।” एक कार्यक्रममा किशोरले पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि माओवादीकै समर्थन र सहकार्यबाट राष्ट्रपतिको पदमा पुगेको स्मरण गराए। “हामीले लडाइँ लड्यौं, पसिना बगायौं, रगत झार्यौं, कैयौं सपना देख्यौं-तर अहिले प्रश्न उठ्छ: हामीले लडेर के पायौं? भन्नेभन्दा…

Read More

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद पुष्पा भुसाल गौतमले कञ्चनपुर छाउगोठमा कमला दमाईको मृत्यु महिला–महिला बीचकै विभेदले भएको बताएकी छन् । सांसद भुसाल सामाजिक सञ्जालमा लेखेकी छन् “छाउगोठमा कमलाको मृत्यु – महिला–महिला बीचको विभेदको परिणाम हो। घटना एउटै, अभ्यास फरक किन?” उनको टिप्पणीले लैङ्गिक विभेद, विशेषगरी महिलामाथि महिलाबाटै लादिने परम्परागत अभ्यासहरूको सवाल उठाएको छ। भुसालको भनाइले प्रश्न उठाएको छ कि जब महिनावारी सबै महिलाको साझा अनुभव हो, तब किन केही महिलाले अरू महिलालाई यो ‘अशुद्धता’को नाममा पीडामा राख्छन्? महिनावारीकै कारण “अशुद्ध” घोषित भइ छाउगोठमा थुनिएकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएको थियो। यो केवल व्यक्तिगत क्षति…

Read More

कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुको २५औं जिल्ला अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ। अध्यक्ष निशान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक रमेश ढकाल प्रमुख अतिथि थिए। अधिवेशनबाट पारस मरासिनीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको छ। मरासिनी पहिलो पाइला नेपालका केन्द्रीय सचिवसमेत हुन्। अन्य निर्वाचितमा उपाध्यक्ष प्रकाश न्यौपाने, पशुपति गिरी, आश्विन केसी, सचिव शेषकान्त मरासिनी, सहसचिव सिता अधिकारी, शिवलाल ठाकुर, अभिषेक यादव र कोषाध्यक्ष मधुसुदन भुषाल छन्। नवगठित समितिले विद्यार्थी अधिकार सुनिश्चित गर्ने, शैक्षिक सुधार र संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएको अनेरास्ववियु लुम्बिनीका युवा नेता निरज आचार्यले जानकारी दिएका छन् ।

Read More

कवितामा “काँडा” – माधव खनाल , अर्घाखाँची । फूल नहुनुको अभागी पन सँधै सहेर तिखो बचन अरुकै खाँतिर जिएकै छस् मारेर रहर आँशु पिएकै छस् । फूलको सुन्दरतामा रमाउनेलाई बासनामा मन्त्रमुग्ध हुनेलाई त्यसको राज के थाहा देख्छन् फूल मात्रै आहा । काँडालाई काँडा हुनुमा दु:ख छैन गुनासो त दोषी नजरसँग हो फूलको अहमसँग हो सुन्दरता पुज्ने चलनसँग हो । त्यही फूल ओइलाएपछि सुगन्ध हराएपछि कसैको नजर पर्दैन् जवानीले नेटो काटेपछी । जिन्दगी फूल जस्तो हैन काँडा जस्तो होस् अरु रमाउने पात्र बन्नु भन्दा खुशी दिएर सन्तुष्ट हुन पाइयोस् । काँडा हुनुमै गर्व लाग्छ मलाई गलत हर्कतका विरुद्ध लडेर दुस्मनका हातहरु…

Read More

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

Read More

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले क्रिकेट शुभम खनाल लाई सम्मानित गरेको छ । मलेशियामा सम्पन्न एसिसी अन्डर १६ इस्ट जोन कपमा १२ विकेट लिँदै चम्किएका शुभम खनाललाई अर्घाखाँची क्रिकेट संघले टुँडिखेलमा भव्य स्वागतसहित सम्मान गरेको हो । भुमिकास्थान–१, ढाकाबाङमा जन्मिएका शुभमले जापानविरुद्धको खेलमा मात्र पाँच विकेट लिँदै चर्चा बटुलेका थिए। हाल दाङमा बस्दै आएका उनले यसअघि अर्घाखाँची प्रिमियर लिगमा “ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट” को उपाधि पनि जितेका थिए। सम्मान कार्यक्रममा बोल्दै क्रिकेट संघ अध्यक्ष ऋषिकेश भट्टराईले शुभमको सफलता अर्घाखाँचीको गौरव भएको बताए। शुभमले भने, “यो सम्मान मेरो लागि हौसला हो। अर्घाखाँची क्रिकेट संघको योगदान अतुलनीय छ।” कार्यक्रममा शुभमका परिवार,…

Read More

अर्घाखाँची । शितगंगा नगरपालिका–१ का हिमबहादुर सारु भरुवा बन्दुकसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले आफ्नै घरमा हतियार लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सारुको साथबाट १ नाल भरुवा बन्दुक, फलाम र सिसाका छर्रा, केप, बारुदसहितका सामग्रीहरू बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

Read More

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६, बालाजु चमतिस्थित मञ्जित स्टोर (झोला गोदाम) मा आइतबार दिउँसो २:१५ बजे आगलागी हुँदा करिब दुई करोडको क्षति भएको छ। पदमबहादुर तुलाधरको जग्गामा महेन्द्र श्रेष्ठद्वारा सञ्चालित गोदाममा लागेको आगो नेपाली सेना, प्रहरी, सशस्त्र, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो। प्रहरीका अनुसार आगलागीको कारण खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More