काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६, बालाजु चमतिस्थित मञ्जित स्टोर (झोला गोदाम) मा आइतबार दिउँसो २:१५ बजे आगलागी हुँदा करिब दुई करोडको क्षति भएको छ।
पदमबहादुर तुलाधरको जग्गामा महेन्द्र श्रेष्ठद्वारा सञ्चालित गोदाममा लागेको आगो नेपाली सेना, प्रहरी, सशस्त्र, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो।
प्रहरीका अनुसार आगलागीको कारण खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।