काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका–८ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बसोबास गर्दै आएका ४२ वर्षीय सन्तोष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सुनुवारले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत रोजगारीका लागि लैजाने नाममा प्रति व्यक्ति १ लाख ५३ हजार रुपैयाँ असुलेका थिए। तर, लामो समयसम्म विदेश नपठाई उनी सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका थिए।
प्रहरीका अनुसार सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

