काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै १० जना कार्यकर्तालाई पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा उनीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए। नेविसंघले विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेको छ।

