Author: नेपाल राज्य

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई नगदसहित पक्राउ गरेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलिया पनि पक्राउ परेका छन् । गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । लाइसेन्स परीक्षामा असफललाई पास गराउन रकम लिने गरिएको र गैर कानूनीकार्य भएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका आयोगले जनाएको छ । त्यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी, विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय…

Read More

काठमाडौं । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ। भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नी सुमित्राको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो। गुप्तेश्वरमा घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो। पत्नी सुमित्राको कुटाइबाट पति प्रकाश गम्भीर घाइते भएका थिए। शुक्रवार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै प्रकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

लक्ष्मी खनाल -अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्लास्थित श्री भगवती आधारभूत विद्यालयले शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत एक महत्वपूर्ण व्यवहारिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई परम्परागत सीपको रूपमा “दुना टपरी” बनाउने तालिम दिइएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश खनालले बालबालिकामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि अत्यन्तै आवश्यक भएको भन्दै यस्ता गतिविधिहरु बालबालिकाको समग्र विकासमा महत्वपूर्ण हुने धारणा राखे। उनले भने, “आजको यान्त्रिक युगमा परम्परागत सीपहरू हराउँदै गएका छन्, जुन भविष्यमा स्वावलम्बी बन्नका लागि आवश्यक हुन सक्छन्। त्यसैले विद्यालय स्तरमै यस्ता सीप सिकाउने प्रयास गरिनु आवश्यक छ।” कार्यक्रममा सहभागी विद्यार्थीहरुले खुसीसाथ दुना…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पुराना दलले मात्र काखमा राखेर छुरा हान्नका लागि नजिक भएको बहानाबाजी गरेको बताएका छन् । सभापति भुसालले परम्परागत दलहरूप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्पष्ट रूपमा लेखेका छन् “आज हामी संसदमा एक्लै छौं, अब बुझौं हामी लड्ने नै एक्लै हो। यी परम्परागत दलहरू न हिजो साथमा थिए, न आज छन्, न त भोलि नै रहनेछन्।” संसद अवरोध खुलाउन प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरेपछि सामाजिक संजालमा यस्तो लेखेका हुन । उनले विगतका अनुभवलाई उद्धृत गर्दै यस्ता दलहरूले कहिल्यै साँचो साथ नदिएको र केवल ‘काखमा राखेर छुरा हान्न’ खोज्ने व्यवहार देखाएको…

Read More

काठमाडौ‌। समाचारको विषयलाई लिएर धम्की दिइएको भन्ने आरोपका विषयमा पराराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रेसनोट जारी गरेकी छन् । मन्त्री राणाद्वारा जारी प्रेस नोटमा उनले आफू कानुन अनुसार अघि बढेको र मिडियालाई सम्मान गर्ने कुरा बताएइकी हुन् । नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई मन्त्री राणाले मिडिया नै धराशायी बनाइदिने धम्की दिएको समाचार सामाजिक संजालमा भाइरल भैरहेको थियो । यस्तो छ मन्त्री राणाको प्रेस नोट: नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु। हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक…

Read More

बुटवल । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहलाई ५२ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा विनियोजन गरिएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका १०९ स्थानीय तहमध्ये सबैभन्दा बढी रुपन्देही जिल्लालाई र सबैभन्दा कम अनुदान रुकुम पूर्व जिल्लालाई केन्द्र सरकारले विनियोजन गरेको छ । रुपन्देहीले ९ अर्ब ८० करोड रुपैयाँ केन्द्रबाट अनुदान पाउँदा रुकुम पूर्वलाई भने एक अर्ब २२ करोड रुपैयाँ विनियोजन भएको छ । रुपन्देहीमा एक उपमहानगर, पाँच नगरपालिका र १० गाउँपालिका गरी…

Read More

अर्घाखाँची । संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयबाट अर्घाखाँची जिल्लामा आगामी आर्थिक वर्षका लागि विभिन्न पूर्वाधार विकास योजनाहरू स्वीकृत भएका छन्। सांसद बिजुला रायमाझीको सचिवालयले सार्वजनिक गरेको जानकारीअनुसार जिल्ला भित्रका स्थानीय तहहरूमा समेटिएका ११ शीर्षकका योजनाहरू समावेश छन्। संचालित हुने केहि मुख्य योजनाहरू यसप्रकार छन्: १. सन्धिखर्क नगरपालिका–२ चुत्रवेशी बजारदेखि जनता आवास हुँदै बद्रकाली करिडोर निर्माण तथा मोडालिटी अनुसार स्तरोन्नति गरिनेछ, जसले भूगोल अनुसार सन्धिखर्क र भुमिकास्थान नगरपालिकालाई समेत जोड्ने लक्ष्य राखिएको छ। २. छत्रदेव गाउँपालिका–३ को बलकोट र पाणिनी गाउँपालिका जोड्ने पाली–बलकोट–राङबास सडक स्तरोन्नति। ३. सन्धिखर्क नगरपालिका–६ स्थित सुपादेउराली धर्मशाला परिसरमा पूर्वाधार निर्माण। ४. पाणिनी–४ सालझण्डी–ढोरपाटन सडक अन्तर्गत खुरसानेदेखि…

Read More

अर्घाखाँची । काठमाडौंमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनबाट अर्घाखाँची जिल्लाका दुई प्रतिनिधि नेताहरू केन्द्रिय तहमा विजयी भएका छन्। सन्धिखर्क नगरपालिका–१ का बिराज मुखिया संगठनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने -२ का अनिल भुसालले अनुशासन आयोगको सदस्यमा भारी मतसहित जित हात पारेका छन्। महाधिवेशनमा देशभरिबाट सहभागी भएका प्रतिनिधिहरूको विश्वास जित्दै यी दुई युवाले संगठनको नेतृत्व तहमा आफ्नो प्रभाव जमाउन सफल भएका हुन्। विद्यार्थी राजनीति तथा संगठन निर्माणमा लामो समयदेखि सक्रिय बिराज मुखिया र अनिल भुसाल दुबै अर्घाखाँचीमा लोकप्रिय विद्यार्थी नेताका रूपमा परिचित छन्। उनीहरूको यो सफलता अर्घाखाँची जिल्लाको लागि गौरवको विषय बनेको…

Read More

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मालारानी गाउँपालिका कमिटीले पालिकामा विद्यमान विविध समस्या र समाधानका सुझाव समेटेर ज्ञापनपत्र गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईलाई बुझाएको छ। आज ज्ञापनपत्र बुझाउने क्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानले पछिल्लो समय सरकारका गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको भन्दै सुशासन, रोजगारी तथा समाजवादी व्यवस्थाको तयारीका लागि विशेष कार्यक्रम अघि बढाउन पार्टीले ध्यानाकर्षण गराएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन, रोजगारी र भौतिक पूर्वाधारजस्ता पालिकास्तरीय समस्याहरू समाधान गर्न तत्काल ध्यान दिन आवश्यक रहेको उल्लेख गरे। पार्टी उपाध्यक्ष युवराज पौडेलले पालिकाका प्रमुख समस्या लिपिबद्ध गर्दै सुझावसहितको ज्ञापनपत्र पेश गरिएको जानकारी दिए। पार्टी केन्द्रको…

Read More

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो। बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए। नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी…

Read More