Author: नेपाल राज्य
काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा पूर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्री पार्टीको तर्फबाट सम्मानित भएकी छन्। बीपी स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंको सानेपास्थित बी.पी. स्मृति भवनमा आयोजित एक विशेष समारोहमा उनलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका हुन्। पार्टीको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागद्वारा स्थापना गरिएको आधुनिक पुस्तकालयलाई पुस्तक सहयोग गरेको योगदानको कदरस्वरूप क्षेत्रीलाई सम्मान गरिएको हो। नेतृ क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्मानप्रति प्रतिक्रिया दिँदै लेखेकी छन्, “यो सम्मानलाई मैले सेवा, समर्पण र संगठनप्रतिको निरन्तर योगदानको प्रमाणका रूपमा लिएको छु। यसले आगामी दिनमा अझ उत्साहका साथ पार्टी, समाज र पुस्ताबीच ज्ञान र चेतनाको सेतु बाँध्ने…
काठमाडौं । पशुपति शवदाह गृह मेशिनमा भ्रष्टाचार गरेको आरोप लागेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा एक लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । कोषका सदस्य सचिवसहित १६ जनाविरुद्ध पशुपतिको शवदाह गृहको मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएकोमा थापा सोमबार विशेष अदालतमा हाजिर भएपछि बयान र थुनछेक बहसपछि एक लाख धरौटी छोड्न अदालतबाट आदेश भएको हो । तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा सोमबार भएको बयान तथा थुनछेक बहसपछि एक लाख धरौटीमा छोड्न आदेश दिइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले थापासहित १६ जनासँग १० करोड ३३ लाख ९१…
काठमाडौं । नेपाली सिनेमाको चर्चित अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गर्दै दर्शकमाझ धमाकेदार पुनरागमन गर्न लागेकी छन्। उनले गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ मार्फत आफ्नो म्युजिक भिडियो यात्रा दोहोर्याउने भएकी हुन्। आज सोमबार सार्वजनिक गरिएको पोस्टरमा रेखा थापा दुर्गामाताको अवतारमा हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी छन्। पोस्टरमै दमदार लुकमा देखिन जसले भिडियोको दमदार कथावस्तु झल्काउँछ। नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ मा शब्द तथा संगीत प्रकाश सपुतकै रहेको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन्। गलबन्दी प्रोडक्सनका अनुसार, गीत आगामी साउन १६ गते सार्वजनिक गरिनेछ। रेखाले म्युजिक भिडियोमा फर्कनुको…
जनकपुर, धनुषा । शनिबार राति जनकपुरको लादोबेलास्थित एसपी एन्ड गेस्ट हाउस एकाएक अपराधको केन्द्र बन्यो। कोठा भित्र छुरा प्रहार, त्यसपछि प्रेमीलाई एक तलाबाट खसालियोएको घटना बाहिरिएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका २८ वर्षीय शनि भनिने विमलेश यादवको हत्याको आरोपमा प्रहरीले महोत्तरी बलवा नगरपालिका-७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरेको हो। प्रेम सम्बन्धको अन्त्य हत्या भएर टुंगियो पूर्वप्रेम सम्बन्धमा रहेका उनीहरूबीच पछिल्लो समय विवाद बढिरहेको थियो। कतारबाट फर्किएका विमलेश र जुलीबीचको सम्बन्धमा पैसा र भरोसाको गाँठो अझै खुलिसकेको छैन। धनुषा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जुलीलाई सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानमा उनले हत्या गरेर विमलेशलाई खसालेको खुलासा गरेको हो।
काठमाडौं । नेपाली कांग्रेसका ६ वरिष्ठ नेताहरू छलफलमा जुटेका छन्। छलफल काठमाडौंको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा दिउँसो २ बजेका लागि बोलाइए पनि बैठक सवा ३ बजे सुरु भएको हो। सहभागी नेताहरूमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, शशांक कोइराला र प्रकाशशरण महत छन्। यी नेताहरूले १५औं महाधिवेशनलाई केन्द्रमा राखेर छलफलमा पार्टीभित्रको असन्तुलन, आगामी गठबन्धन रणनीति र संघीय राजनीतिका चुलिंदो समीकरणहरूबारे समीक्षा भएको स्रोतले जनाएको छ।
हरि कुँवर-सन्धिखर्क, अर्घाखाँची । विदेशमा कमाएको पसिनालाई अब आफ्नै माटोमा प्रयोग गर्ने सोचका साथ अघि बढेका समाजसेवी युवा राजु खड्काले अर्घाखाँचीको सन्धिखर्कमै THE BEST TRAVEL & TOUR PVT. LTD. सञ्चालनमा ल्याएका छन्। २१ वर्ष दुबईमा संघर्ष गरेर आत्मनिर्भर बन्ने यात्रामा जुटेका युवा खड्का भन्छन्“देशमै सम्भावना छन्, बस हिम्मत चाहिन्छ” “विदेशमा कमाएको अनुभव र सीप अब गाउँमै प्रयोग गर्छु। म चाहन्छु म जस्तै फर्किएर आएका युवाले ‘सकिन्छ’ भन्ने आँट गरून्।” समाजसेवीको छवि बनाएका खड्काले दुबईको तातो घाम, पसीना, संघर्ष र अनुभव संग जुदेका उनको यो यात्रा अब आत्मनिर्भर सपना साकार पार्नेतिर मोडिएको हो। देशमै केही गर्न सकिँदैन भन्ने हरेक निराशालाई पछाडि…
अर्घाखाँची । अर्घाखाँची अस्पतालको डि–फ्रिजमा राखिएको शव कुहिएर सडेको छ । सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्रकार साउन २ गते शुक्रवार विहान घरमै विस्तारमा अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतलाई ल्याइएको थियो । चिकित्सकले मृत घोषणा गरे । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनले चुत्रावेशीस्थित रेन्बो मन्टेश्वरीमा तीनवर्ष देखि पढाउ“दै आएका थिए । भारतमा बस्दै आएका वुवाआमा आउ“दासम्म शवलाई नजलाउने भनेपछि अस्पतालको डि–फ्रिजमा राखिएको थियो । उनका वुवाआमा आइपुगेपछि शव हेर्दा कुहिएर अनुहार नै चिन्न नसकिने अवस्था पुगेको मन्टेश्वरीका सञ्चालक रमेश चु“दाली बताए । गन्हाएर शव नजिक जान नसकिएको उनले बताए ।…
अर्घाखाँची । अर्घाखाँची ढाकावाङका केही युवाले २०७३ सालको देउसीभैलोबाट संकलन गरेर राखेको रकम पीडित सन्तोष नेपालीको उपचारमा सहयोग गरेका छन् । पीडित सन्तोषको उपचारमा कठिनाइ आइपरेको खबर पाएपछि युनिक टिमका युवाहरूले भूमिकास्थान नगरपालिका वडा २, भलाटारीका युवा सन्तोषको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् । ‘युनिक टिम’ भैलोका युवाहरू सुरज खनाल, हिमाल खनाल, प्रकाश भट्टराई, लोकमणी भुसाल (लोकु), बाबुराम खनाल, बिक्रम भुसाल, विश्व खनाल, नेत्र भुसाल (गोबिन्द) र विष्णु पुजाली सहितका युवाहरूले देउसीभैलो खेल्दा उठेको रकमलाई फजुल खर्च नगरि रमाइलोका लागि संकलित पैसा वर्षौंसम्म सुरक्षित राखी, आज मानवताको सेवामा सहयोग गरेर उदाहरणीय कार्य गरेका छन् । “स्पाइनल इन्जुरीका…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले प्रदेशसभा खारेजी आफ्नाे पार्टीकाे बटमलाइन नीति रहेकाे स्पष्ट पारेका छन्। एक विशेष प्रसंगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेशसभा अनावश्यक र देशका लागि बोजिलो भएको बताउँदै संघ र स्थानीय सरकारलाई जोड्ने पुलको रूपमा प्रदेश संरचना आवश्यक भए पनि त्यसका लागि छुट्टै संसदको आवश्यकता नरहेको तर्क गरेका हुन् । सभापति भुसालले भने, “हामी प्रदेशसभा खारेजीकाे विषयमा पूर्ण रूपमा स्पष्ट छौँ, तर रास्वपाको नीति छैन भन्ने भ्रम छर्न खोजिएको छ।” “तर तीन तहको शासन प्रणालीमा प्रदेशसभा सबैभन्दा बढी खर्चिलो र अल्पउपयोगी संरचना साबित भएको छ। जनताले प्रत्यक्ष अनुभूत गरिरहेको यथार्थ नै हो यो।”…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा चुलिँदै गर्दा नेकपा (एमाले) ले उनको पार्टी सदस्यता तत्कालका लागि नवीकरण नगर्ने निर्णय गरेको छ। शनिबार बसेको पोलिटब्युरो बैठकपछिको जानकारी दिँदै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरण ‘होल्ड’ गरिएको जानकारी दिए। उनका अनुसार भण्डारीले राष्ट्रपतिमा नियुक्त हुनु अघि पार्टी सदस्यता परित्याग गरेकी थिइन्, जसले पुनः सदस्यता दिनु अघि स्पष्ट नीतिगत निर्णय आवश्यक बनाएको छ। गौतमले भने, “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाल पेन्डिङमा छ। त्यो प्रक्रिया अहिले स्थगन अवस्थामा छ।” भण्डारीले सक्रिय राजनीतिमा फिर्ता हुने संकेत दिएसँगै एमालेभित्र यस विषयमा बहस तीव्र बनेको छ। पार्टीले…
