काठमाडौं ।
काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि चार दिनअघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।