जनकपुर, धनुषा ।
शनिबार राति जनकपुरको लादोबेलास्थित एसपी एन्ड गेस्ट हाउस एकाएक अपराधको केन्द्र बन्यो। कोठा भित्र छुरा प्रहार, त्यसपछि प्रेमीलाई एक तलाबाट खसालियोएको घटना बाहिरिएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका २८ वर्षीय शनि भनिने विमलेश यादवको हत्याको आरोपमा प्रहरीले महोत्तरी बलवा नगरपालिका-७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरेको हो।
प्रेम सम्बन्धको अन्त्य हत्या भएर टुंगियो पूर्वप्रेम सम्बन्धमा रहेका उनीहरूबीच पछिल्लो समय विवाद बढिरहेको थियो। कतारबाट फर्किएका विमलेश र जुलीबीचको सम्बन्धमा पैसा र भरोसाको गाँठो अझै खुलिसकेको छैन।
धनुषा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जुलीलाई सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानमा उनले हत्या गरेर विमलेशलाई खसालेको खुलासा गरेको हो।