Author: नेपाल राज्य
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ।
काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो र राति दुवै समय देशभर आकाश बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। भारी वर्षा हुने सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा समाजसेवी महाबिर पुनले देशका शीर्ष नेताहरुको विलासी जीवनशैली र अनैतिक क्रियाकलापप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको एक महंगो घडीलाई उदाहरण दिँदै प्रश्न उठाएका छन् – “प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त?” उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उनी पोस्ट गर्छन् : [ हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी…
कुपण्डोल, ललितपुर । लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने क्रियाकलाप बढ्दै गएका छन् भन्ने गम्भीर चिन्ता र आपत्ति पत्रकारहरूले प्रकट गरेका छन्। मंगलबार ललितपुरको कुपण्डोलमा युनेस्को नेपाल राष्ट्रिय आयोग अन्तर्गतको आम सञ्चार समितिद्वारा आयोजित कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी पत्रकारलाई पक्राउ गर्ने, समाचार हटाउने अदालतको आदेश जस्ता घटनाको विरोध गरे। कार्यक्रममा बोल्दै पत्रकार शिव गाउँलेले राज्य र पत्रकारबीचको द्वन्द्व पुरानै भए पनि पछिल्लो समयमा पत्रकारमाथि दुर्भावनापूर्ण हमला बढेको बताए। उनले भने, “विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ जुन बैंकिङ कारोबारको सुरक्षाका लागि बनाइएको थियो, अहिले पत्रकारमाथि दुरुपयोग भइरहेको छ। यो ठीक होइन।”…
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरूका परिवारलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउन देशभरका पालिकाहरुलाई पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा ऐनमा व्यवस्था भए पनि कार्यान्वयनमा नआएको प्रावधानलाई लागू गर्न यो कदम चालिएको हो। स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार राष्ट्रसेवक तथा वैदेशिक रोजगारी जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गरिएको छ। यो व्यवस्थाले स्वास्थ्य बीमा कोषमा झन्डै ४० अर्ब रुपैयाँ थपिने अनुमान गरिएको छ।
काठमाडौं । बैंकिङ कसुर मुद्दामा नुवाकोटकी अस्मिता तामाङ पक्राउ परेकी छन् । विदुर नगरपालिका–७ की ३४ वर्षीया तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असार २ गते काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतबाट २०८२ वैशाख ३१ गते पक्राउ अनुमति लिइएको थियो । उनीमाथि १ लाख ५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ । उक्त मुद्दामै श्याम कुमार कार्की पनि पक्राउ परेका छन् ।
काठमाडौं । धरान उपमहानगरपालिकामा श्रमदानको भुक्तानी विवाद चर्किएपछि प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच झडप भएको छ। ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले ७ लाख ४१ हजार रुपैयाँ माग गरेपछि उपप्रमुखले भुक्तानी रोकिदिएका थिए। त्यसपछि नगरको सवारीको चाबी खोसिएको र मंगलबार विवाद हात हालाहालसम्म पुगेको प्रहरीले जनाएको छ। नगर परिसर दिनभर तनावग्रस्त बनेको थियो।
काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पौडेल पक्राउ परेका छन् । बागलुङका ३६ वर्षीय रेशमराज (रेशम) पौडेललाई सार्वजनिक शिष्टाचारविरुद्ध सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ। युट्युबलगायत प्लेटफर्ममा आधारहीन र नकारात्मक सामग्री प्रसारण गरेको भन्दै उनलाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो। विद्युतीय कारोबार ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान जारी छ।
काठमाडौं । रास्वपाका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखन प्रकरणमा उच्चस्तरीय छानबिनको मागबाट आफूहरू पछि नहट्ने बताएका छन्। उनले सरकारका विधेयकमा समर्थन गर्न तयार भए पनि छानबिन मागमा कडाइका साथ अडिने जनाए। गृहमन्त्री रमेश लेखकको संलग्नता उठेपछि रास्वपाले राजीनामा र छानबिन समिति माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। मंगलबार संघीय सदनमा निलो रिबन लगाएर रास्वपा सांसदले विरोध जनाएका थिए ।
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका-२ बाँझकटेरी सिराहाका ४० वर्षीय गीता राम भुसाल जेठ २९ गतेदेखि बेपत्ता भएका छन् । बोल्नमा असहजता भएका भुसाल घरबाट निस्केपछि सम्पर्कविहीन भएका हुन् । पछिल्लो पटक असार २ गते सोमबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–३, रातामाटा क्षेत्रमा देखिएको भन्ने जानकारी स्थानियबासीले दिएका थिए तर त्यसयता उहाँको अत्तोपत्तो लागेको छैन । उहाँका परिवारजनले गम्भीर चिन्ता व्यक्त गर्दै भुसाललाई देख्नुभएमा नजिकैको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन सबैमा अपील गरेका छन् । सम्पर्क नम्बरहरू: 📞 9867042130 📞 9857086740 📞 9867749761
