Author: नेपाल राज्य

काठमाडौं – अर्घाखाँची जिल्लाबाट उदाएर बुटवलमा गीत संगीत क्षेत्रमा संघर्ष गर्दै आएकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाइसकेकी लोकप्रिय गायिका दुर्गा क्षेत्री नेपालको नयाँ तीज गीत “रे रे रे रे” ले युवा पुस्ताको मन जित्न थालेको छ। आउदै गरेको तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस म्युजिक भिडियोले छोटो समयमै हजारौं युवादर्शकको ध्यान खिच्न सफल भएको हो। बिशाल शोनीको उत्कृष्ट शब्द र लय, दुर्गा क्षेत्री नेपालको सशक्त स्वर, निरेन श्रेष्ठको कला निर्देशन र बिशाल शोनी तथा अंकिता नेपालको दमदार आकर्षक अभिनय यस गीतका विशेष पक्ष हुन्। तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई समेट्दै बनाइएको “रे रे रे रे” ले…

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष तथा समाजसेवी रन्जित कुमार क्षेत्री गैर आवासीय नेपाली सघं अन्तराष्ट्रीय समन्वय परिषद् मलेशियाको नेतृत्व गर्दै आइसीसी सदस्यमा चयन भएका छन्। समाजसेवामा निरन्तर सक्रिय क्षेत्री यसअघि एनआरएनए मलेशियामा दुई कार्यकाल सचिव, एक कार्यकाल महासचिव र पछिल्लो कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। अन्तर्राष्ट्रिय परिषद्को सदस्यका रूपमा उनको चयनलाई अर्घाखाँची जिल्ला मात्र होइन, प्रवासमा रहेका नेपाली समुदायले गर्वको विषयका रूपमा लिएको छ। विदेशी भूमिमा रहेर पनि जिल्ला र नेपाली समुदायको हकहित,आर्थिक सहयोग, एकता र पहिचानको संरक्षणमा समर्पित रहँदै आएका क्षेत्रीको योगदानलाई निरन्तर सराहना गरिँदै आएको छ। अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका उपाध्यक्ष छविलाल गिरिले जानकारी दिँदै…

Read More

दाङ – नागपञ्चमी, थारु समुदायको गुरही पर्व र यादव समुदायको गुडिया पर्वको अवसरमा दाङका दुई स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेका छन्। राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले भोलि (मंगलबार)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। दुवै पालिकाले मंगलबारको दिन विशेष सांस्कृतिक चाडपर्व पर्ने भएकाले बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्। जारी सूचनामा बहुजातीय, बहुसांस्कृतिक समुदायको चाडपर्वलाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको उल्लेख छ।

Read More

अर्घाखाँची । एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले संघीयताको मर्म बिर्सेर अर्घाखाँचीलाई पछाडि पार्न नपाइँने भन्दै कडा आवाज उठाएका छन् । सामाजिक संजालमा लेख्दै अध्यक्ष चौहानले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले हालै सरकारद्वारा गरिएको एउटा निर्णय तत्काल सच्याउन वा फिर्ता लिन माग गरेका हुन् । सन्धिखर्कमा आर्थिक र प्रशासनिक अधिकारसहित रहेको “संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना” श्रावण १ गतेदेखि बुटवल सारिएको विषय सन्धिखर्कमा अब केवल इकाई कार्यालय मात्र रहने निर्णयले चौहान सहित सम्पूर्ण अर्घाखाँचीबासीलाई ‘मर्माहत र स्तब्ध’ बनाएको बताएका छन् । प्रधानमन्त्रीलाई लेखिएको औपचारिक निवेदनमा चौहानले भनेका छन्, “सिंहदरबारको अधिकार जनताको घर-आँगनमा पुर्‍याउने हो भने यस्तो निर्णय संघीयताको मर्म विपरित…

Read More

रुन्द्रमणि भुसाल , अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेललगायतका जंगली जनावर नियन्त्रणको मागसहित गृह मन्त्रालय पुगेको छ । किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागी पहल गर्नुपर्ने माग राखेका छन् । अर्घाखाँचीलगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनीहरूले तत्काल पहलकदमी लिन आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउन सभापती श्रेष्ठसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती…

Read More

अर्घाखाँची। खेल्ने, हाँस्ने उमेरमा बाँगीका सुप्रीम रसाईलीले जीवन-मरणको दोबाटोमै अस्पतालको बेडमा बाँच्न संघर्ष गरिरहेका छन्। जन्मजात मुटुरोगले पीडित अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बाँगीका २ वर्षीय सुप्रीम रसाईलीको जीवनरक्षाका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। पारिवारिक अवस्था कमजोर हुँदा उपचारका लागि आवश्यक २० लाख रुपैयाँ जुटाउन गाह्रो परेको स्थानीय समाजसेवी पिताम्बर भुसालले जानकारी दिएका छन्। सुप्रीम रसाईलीका बुवा बावुराम वि.क. र आमा अन्जना वि.क.का एक मात्र छोरा हुन्। हाल काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार चलिरहेको छ। चिकित्सकहरूका अनुसार सुप्रीमलाई छिट्टै दोस्रो चरणको खर्चिलो मुटु शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ। सुप्रीमका बुवा बावुराम वि.क.भन्छन्“अबको उपचार खर्च बिना सुप्रीम बच्दैन,नानीले फेरि…

Read More

काठमाडौं । राजनीतिक मतभेदलाई एकछिनका लागि थन्क्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले आइतबार टोपबहादुर रायमाझीको मुद्दा छिटो किनारा लगाउ र अब निर्णय चाहिने बताएका छन् । भद्रगोल राजनीति होइन, भद्रजेल पुगे। भेटघाटको कारण? एमालेका निलम्बित सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी — जसले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन बिताइरहेका छन्। भुसालले रायमाझीसँगको भेटपछि एक प्रश्नको झल्को दिए, “निर्वाचित जनप्रतिनिधिलाई वर्षौँसम्म थुनामा राख्ने हाम्रो न्याय प्रणाली कति संवेदनशील छ?” राजनीतिक प्रतिद्वन्द्वीका रूपमा २०७९ को चुनावमा उनीसँग भिडेका भुसालले न्यायिक प्रक्रियालाई तुरुन्त टुंग्याउन आग्रह गरेका छन्। भुसालले “अर्घाखाँची दुई वर्षदेखि प्रतिनिधिविहीन छ,” भुसालको पीडा झल्कियो, “दोषी…

Read More

काठमाडौं । अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेली “नक्कले भिनाजु ८ – है माया” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक सर्जक, गायक तथा निर्देशक विशाल रायमाझीको निर्देशनमा तयार भएको यस गीतले तीजको रौनक थप उचाइमा पुर्‍याउने उनका शुभचिन्तकले बताएका छन् । बिगत सात संस्करणमा दर्शक–श्रोताबाट उल्लेखनीय सफलता हासिल गरिसकेको नक्कले भिनाजु म्युजिक भिडियो शृङ्खला, यसपटक पनि ठूलो अपेक्षा र तयारीसाथ प्रस्तुत गरिएको हो। सार्वजनिक गरिएको तीज कोसेलीमा विशाल रायमाझीसँगै हरिमाया रायमाझी र सर्मिला रायमाझीको स्वर रहेको छ। गीतका शब्द, संगीत र निर्देशन स्वयं बिशाल रायमाझीकै हुन्। संगीत संयोजन सुनिल परियार, रेकर्डिङ सुमन राना र खुमानसिंह राना, मिक्सिङ तथा…

Read More

सन्धिखर्क, अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष तथा जनसंगठन समन्वय विभाग प्रमुख शम्भुप्रसाद पोख्रेलले माओवादी केन्द्रमाथि गम्भीर आरोप लगाएका छन्। शनिबार नेपाल उद्योग व्यवसायी महासंघ सन्धिखर्क नगर समितिको पहिलो नगर अधिवेशनमा बोल्दै पोख्रेलले माओवादीले नेकपा एमाले र नेपाली कांग्रेस फुटाउने योजना अघि बढाएको दाबी गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत माओवादीको ‘उक्साहट’मा रहेको आरोप लगाउँदै पोख्रेलले भने, “विद्यालाई राष्ट्रपतिको पदमा पुर्‍याउँदा अध्यक्ष केपी ओलीले गाली मात्र खाए, तर विद्याले कुरा बुझिनन्। अहिले उनी माओवादीको इसारामा चलेकी छन्।” उनले एमाले फुटाउने योजनाको पछाडि पनि माओवादीकै हात रहेको आरोप लगाए। “माधव नेपाललाई पनि माओवादीले उस्काएर अलग पार्टी बनाइयो। अब फेरि एमाले र कांग्रेस दुबैलाई…

Read More

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीमा नेतृत्व परिवर्तन भएको छ। बाँगीका उर्जाशील युवा नेता बिनोद बस्नेत हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकबाट जिल्ला ईन्चार्जमा चयन भएका छन्। संगठनले गरेको जिम्मेवारी बाँडफाँडअनुसार बस्नेत अब अर्घाखाँची जिल्लास्तरमा संघको नेतृत्व गर्नेछन्। हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीका कान्छा सदस्य पनि हुन्। युवा राजनीतिमा सक्रिय र जनसरोकारका सवालमा स्पष्ट दृष्टिकोण राख्ने बस्नेतले अब जिल्लाभरका युवालाई सङ्गठित गर्दै संगठनलाई अझ बलियो बनाउने अठोट सार्वजनिक गरेका छन्। पछिल्लो समय उनका भाषण दमदार र उर्जावान हुने गरेका छन् । “पार्टीबाट आएको थप…

Read More